अँधेरी खोलामा झोलुङगे पुल

ताजा समाचारको लागि फलो गर्नुहोस ।

बाबुराम शर्मा ( चरिकोट)– शैलुङ गाउँपालिका र मेलुङ गाउँपालिका जोडने अँधेरी खोलामा करिब ४७ लाख रुपैयाँको लगानीमा झोलुङगे पुल निर्माण सम्पन्न भएको छ । संंघीय सरकारको ३९ लाख ६७ हजार ९८६, गाउँपालिकाको छ लाख छ हजार ८६८ र जनश्रमदान ९३ हजार ३६४ गरी कुल ४६ लाख ६८ हजार २१८ रुपियाँ लगानीमा यो पुल निर्माण सम्पन्न भएको पालिकाका असिस्टेन्ट सबईन्जिनियर रामाकाजी कार्कीले जानकारी दिनु भयो । उहाँका अनुसार यो पुल निर्माण भएपछि शैलुङ गाउँपालिका–१ र मेलुङ गाउँपालिका–७ साँउतेका २८० घरधुरीका ५६० प्रत्यक्ष र रामेछाप जिल्ला समेत लाभान्वित भएका छन् । यो पुल नबन्दा आवतजावत गर्न निकै अप्ठ्यारो थियो । अब जोखिमपूर्ण यात्राबाट मुक्त हुनुका साथै यात्राको दुरी छोटिएको छ । पुल निर्माणभएपछि घण्टौँ लगाएर अन्यत्रबाट हिँड्नुपर्ने बाध्यता हटेको छ । बाटो छोटिँदा समय बचत पनि भएको छ । काममा छिटोछरितोपन पनि आएको छ । यो पुल निर्माणका लागि ठेक्कामार्फत सामान ढुवानी गरिएको थियो भने अन्य निर्माणको काम निर्माण समितिले गरेको थियो । रामेछाप समेत र शैलुङ तथा मेलुङ गाउँपालिका जोडने यो पुलको लम्बाइ ११५ मिटर र चौडाइ १०६ सेमि रहेको पालिकाका असिस्टेन्ट सबईन्जिनियर कार्कीले जानकारी दिनु भयो ।

Shares

Dikshan Online TV

Be the first to comment on "अँधेरी खोलामा झोलुङगे पुल"

Leave a comment

Your email address will not be published.


*