एजेन्सी – वैज्ञानिकले पहिलो पटक अन्तरिक्षमा मूला फलाएको छ । यसलाई सन् २०२१ मा धर्तीमा ल्याइनेछ । नासाकी अन्तरिक्षयात्री तथा फ्लाइट इन्जिनियर केट रुबिन्सले पहिलो पटक इन्टरनेशनल स्पेश स्टेशनमा फलाइएको मूला उखेलेकी हुन् । केटलाई २० वटा मूलालाई प्याक गरेर सन् २०२१ मा पृथ्वीमा ल्याउनका लागि कोल्ड स्टोरेजमा राखेकी छिन् । नासाले ट्वीटरमा यसबारे जानकारी दिएकी हुन् । नासाले यो परीक्षणको नाम प्लान्ट हेबिटेट–०२ राखेको छ । स्पेस स्टेशनमा फलाउनका लागि मूला नै यसकारण रोजियो किनभने वैज्ञानिकलाई विश्वास थियो कि यो २७ दिनमा तयार हुनेछ । यहाँ फलाइएको मूलामा पोषक तत्व पनि छन् र यो खान लायक पनि छ । इन्टरनेशनल स्पेस स्टेशनको ट्वीटरमा दिइएको जानकारी अनुसार अध्ययनका लागि मूला प्रयोग गर्नुको कारण यो पौष्टिक तत्वले भरिपूर्ण हुन्छ र यो तीब्र गतीमा फल्ने गर्छ । नासाका अनुसार मूला फलाउन धेरै हेरविचारको पनि आवश्यकता पर्दैन । स्पेसको जुन चेम्बरमा यो फलाइएको छ, त्यहाँ रातो, निलो, हरियो र सेतो एलइडी लाइटको प्रकाश राखिन्छ ता कि बोटको विकास राम्रो होस् । अन्तरिक्षमा फलाइएको मूलाको तुलना फ्लोरिडाको केनेडी स्पेस सेन्टरमा फलाइएको मूलासँग गरिनेछ । मूला प्लान्ट ह्याबिटेट अध्ययनका लागि प्रयोग गरिन्छ किनभने यो पौष्टिक तत्वले भरिपूर्ण हुनुका साथै तीब्र रुपमा बढ्छ र जेनेटिक रुपमा अन्तरिक्षमा धेरैजसो अध्ययन गरिने बिरुवा अराबिडोप्सिस जस्तै हुन्छ । मूलालाई एड्भान्स प्लान्ट ह्याबिटेटमा फलाइन्छ । एड्भान्स प्लान्ट ह्याबिटेट बोटबिरुवाको शोधको विकासको चेम्बर हो ।
अन्तरिक्षमा पहिलो पटक फलाइयो मूला, नासाले सेयर ग¥यो तस्वीर
TOPICS:विदेश

Posted By: दीक्षण दैनिक २३ मंसिर २०७७, मंगलवार १३:३७

५ फाल्गुन २०८१, सोमबार १९:४५
नेकपा (एस) बागमती प्रदेशको अध्यक्षमा भीम दाहाल निर्वाचित
५ फाल्गुन २०८१, सोमबार २०:४२
दोलखामा राष्ट्रिय परिचय पत्र तथा राहदानी फर्म निःशुल्क भरिने
५ फाल्गुन २०८१, सोमबार २०:३९
भीमेश्वर मन्दिरबारे संस्कृतिविद गुरुङको अभिव्यक्तिप्रति आपत्ति
५ फाल्गुन २०८१, सोमबार २०:०६
कार्यसम्पादन मूल्याङ्कनमा दोलखाको भीमेश्वर नगरपालिका उत्कृष्ट
५ फाल्गुन २०८१, सोमबार २०:४६
भीमेश्वर नगरपालिकाले बंगुर पालन तथा माछा पालनकालागि पचास प्रतिशत अनुदान दिने
५ फाल्गुन २०८१, सोमबार १०:४३
आजको मौसम : कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक वर्षात् को सम्भावना
५ फाल्गुन २०८१, सोमबार १९:२४
२०८१ फागुन ५ गतेको क्लिक गरेर Epaper पढ्नुहोस
५ फाल्गुन २०८१, सोमबार ११:०८
निजी अस्पतालमा मुख्यमन्त्री सिंहको अनुगमन
५ फाल्गुन २०८१, सोमबार २०:०२
क्षतिग्रस्त वीपी राजमार्गको १४ स्थानमा मर्मत थालियो
५ फाल्गुन २०८१, सोमबार २०:१५
जिरी भ्रमण वर्ष २०८१ को उद्घाटन
५ फाल्गुन २०८१, सोमबार १३:४६
अर्थमन्त्री पौडेल अस्पतालबाट ‘डिस्चार्ज’
५ फाल्गुन २०८१, सोमबार ११:००
Be the first to comment on "अन्तरिक्षमा पहिलो पटक फलाइयो मूला, नासाले सेयर ग¥यो तस्वीर"