बाजुरा, ५ कात्तिक: बडीमालिका नगरपालिकामा अरिङ्गालको टोकाइबाट गम्भीर घाइते एक जनाको उपचारका क्रम गएराति मृत्यु भएको छ । असोज २५ गते अरिङ्गालले टोकेर घाइते सोही नगरपालिका–५ मनाका ६० वर्षीय डम्मबहादुर साउदको मृत्यु भएको हो । भारतको मुम्बइ सेन्टरस्थित नायर अस्पतालमा उपचारका क्रममा दश दिनपछि साउदको मृत्यु भएको आफन्त नरेन्द्र थापाले बताउनुभयो । असोज २५ गते घरबाट करिब आधा घण्टाको दूरिमा पर्ने पान्लोटे भन्ने ठाउँमा रहेको भैँसी गोठ(छानो) नजिकै अरिङ्गालले बनाएको घार भत्काउन खोज्दा टोकेर उहाँ गम्भीर घाइते हुनुभएको थियो । उपचारका लागि जिल्ला अस्पताल बाजुरा हुँदै प्रादेशिक अस्पतालमा सम्भव नभएपछि उहाँलाई भारत लगिएको थियो । सोही घटनामा स्थानीय ६५ वर्षीय अङ्गे बडुवालको घटनास्थलमै मृत्यु भएको थियो । —
अरिङ्गालको टोकाईबाट घाइते एकको मृत्यु
Posted By: दीक्षण दैनिक ५ कार्तिक २०८१, सोमबार १२:५२
२ माघ २०८१, बुधबार १८:३२
दोलखामा भोलिदेखिअन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिता हुने
२ माघ २०८१, बुधबार १९:४४
पूर्वाधार कार्यालय दोलखाद्वारा चालु आर्थिक बर्ष १ सय ३७ वटा पूर्वाधारका आयोजना सञ्चालनमा
२ माघ २०८१, बुधबार १९:२१
२०८१ माघ २ गतेको क्लिक गरेर Epaper पढ्नु होस
३ माघ २०८१, बिहीबार ११:३९
Be the first to comment on "अरिङ्गालको टोकाईबाट घाइते एकको मृत्यु"