काठमाडौ –अल्झिएको साहित्य गु्रपद्वारा बिजया दशमी २०७५ को अबसरमा आज स्रष्टा भेटघाट गरेको छ । सो कार्यक्रममा सम्मान तथा शुभकामना आदनप्रदान कार्यक्रम लाजिम्पाटस्थीत एक कार्यक्रमका बिच सम्पन्न भएको छ । गु्रपको संयोजक सिताराम खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी पोष्टराज चापागाईं , कलानिधी दाहाल निर्दोष क्षेत्रीले लगायतले मन्तव्य राखेका थिए । उक्त अबसरमा साहित्य जगतका २ उदयमान स्रष्टाहरु श्री अंचल बान्तावा र सुश्री मुना खतिवडालाई खादा ओढाएर नगद सहित सम्मान पत्रले सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रममा उत्कृष्ट रचना बाचन गर्ने ३ सर्जकहरुलाई पनि पुरस्कृत गरिएको थियो । गजल बाचन तर्फ प्रथम हुने मानुषी रेग्मी,मुक्तक बाचन तर्फ प्रथम हुने सुशीला ढकाल र कविता बाचन तर्फ प्रथम हुने दीक्षा भण्डारी भएका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी चापागाईंले साहित्यको उत्थानको लागी यस्ता कार्यक्रमले ठूलो मलजल गर्नेबताए । उनले नव श्रष्टाहरु साहित्यमा सहजै आकर्षित हुने बताए । गु्रपका सचिब बासु सापकोटाले नेपाली साहित्य जगेर्नाको लागि आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए । गु्रपमा आनन्दलाल घलान,कैलाश बस्नेत,तारा घिमिरे,सम्झना श्रेष्ठ,गणेश भण्डारी,कमला पन्त र एकल वर्षा के.सी साथै सल्लाहकार समिती र निरीक्षण समिति रहेको छ।
अल्झिएको साहित्य गु्रपद्वारा स्रष्टा भेटघाट कार्यक्रम सम्पन्न
TOPICS:समाचार
Posted By: दीक्षण दैनिक २४ आश्विन २०७५, बुधबार १९:४५
२ आश्विन २०८१, बुधबार २१:०३
अनेरास्ववियु भोली अन्तर मावि दौड प्रतियोगिताको आयोजना गर्ने
३ आश्विन २०८१, बिहीबार ०८:०६
फेरी पनि हा¥यो नेपाल
३ आश्विन २०८१, बिहीबार १०:५१
संवैधानिक स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड
३ आश्विन २०८१, बिहीबार १२:३९
Be the first to comment on "अल्झिएको साहित्य गु्रपद्वारा स्रष्टा भेटघाट कार्यक्रम सम्पन्न"