भिमेश्वर नगरपालिकामा घर बनाउदाँ ३ मिटर छोडनु पर्ने ,आवश्यक विधेयकको मस्यौदा तयार गर्दै भिमेश्वर नगरपालिका

ताजा समाचारको लागि फलो गर्नुहोस ।

श्रृजन कुमार घिमिर

चरिकोट–भिमेश्वर नगरपालिका बिभिन्न विषयगत समितिहरु विधेयकको मस्यौदा तयार पार्न व्यस्त रहेका छन । संघिय तहको लक्ष्य अनुसार स्थानीय तहले आवश्यक कानुनहरु आफैं बनाउने अभियान अन्तर्गत भिमेश्वर नगरपालिकाले आवश्यक कानुनहरु निर्माणमा जोड दिएको हो । मस्यौदा समितिका संयोजक समेत रहेका वडा नं ६ का अध्यक्ष नविन लामाका अनुसार विधेयक निर्माणका लागि आवश्यक परामर्षहरु भैरहेका छन् । उनले भने विभिन्न चरणमा सुझाब लिने काम भैरहेको छ केही दिन भित्रै विधेयकको अन्तिम टुंगो लाग्ने छ ।
नगर क्षेत्रको सडक मापदण्डको प्रस्ताबमस्यौदा समितिले प्रस्ताबित नगर क्षेत्र सडक मापदण्ड निर्धारण ऐन २०७४ ले सडकका बिभन्न मापदण्डको प्रस्ताब गरेको छ । प्रस्तावित मापदण्डमा सडक नगर स्तरीय ,वडास्तरीय ,टोल स्तरीय तथा गोरेटो स्तरमा सडकको बर्गिकरण गरिएको छ । भिमेश्वर नगरपालिका भित्र बन्ने नगरस्तरीय सडक ८ मिटर चौडाई अनिबार्य हुनु पर्ने प्रस्तातिब विधेद्यकको मस्यौदामा उल्लेख रहेको छ । त्यसैगरी १ मिटर ५ सेब व्याक छोडनु पर्ने व्यबस्था प्रस्तातिब विधेद्यकले गरेको छ । त्यसैगरी व्यवसायिक घर निर्माण गर्दा २ मिटर सेब व्याक अनिर्बाय रुपमा छोडनु पर्ने व्यबस्था मस्यौदामा उल्लेख रहेको छ । वडास्तरीय सडकको लागि ६ मिटर चौडाई र सेब ब्याक १ मिटर ५ सेबक व्याक हुने प्रस्ताब गरिएको छ । टोल स्तरको सडकको लागि ५ तथा मिटर गोरेटो बाटोको लागि २ मिटर अनिबार्य चौडा हुनु पर्ने उल्लेख गरिएको छ ।
त्यसैगरी नगरपालिकामा रहेको राजमार्ग चौडाई ३० मिटरको हुनु पर्ने विधेद्यकले प्रस्ताव गरेको छ । नयाँँ संरचना बनाउदा अनिबार्य रुपमा ३ मिटर छोडनु पर्ने प्रस्ताब गरिएको छ । यो विधेद्यक पारित भए्मा बिगत केही बर्ष देखी विबादमा रहेको २१ मिटरको समस्या समधान हुने छ । नगरपालिका भित्र राजमार्गमा १५ मिटर छोडेर बनेका घर नक्सा पास हुने छ । यस नगरपालिका भित्र केही बर्ष देखी अनिबार्य रुपमा २१ मिटर छोडेर बनेका राजमार्गका घरको मात्र नक्सा पास गरेको थियो ।
हाल नगरपालिका ८ वटा विधेद्यकको मस्यौदा तयार भएको छ । ति छलफल सम्बन्धित समितिमा जारी रहेको छ । विधेद्यकको मस्यौदाको छलफल हाल भइराखेको र त्यसलाई नगरसभामा पेश गरिने र उक्त सभाको बहुमतले सो विधेद्यक पारित गर्ने पनि नगरपालिका अधिकृत माधब सुबेदी बताए ।

Shares

Be the first to comment on "भिमेश्वर नगरपालिकामा घर बनाउदाँ ३ मिटर छोडनु पर्ने ,आवश्यक विधेयकको मस्यौदा तयार गर्दै भिमेश्वर नगरपालिका"

Leave a comment

Your email address will not be published.


*