दीक्षण समाचार ,चरिकोट, – दोलखाको मेलुङ गाउँपालिका वडा नं. ४ भेड्पु स्थित भीम माविमा स्थानीय आविष्कार खुल्ला प्रतियोगिता सम्पन्न भएको छ । विकासको लागि आविष्कार भन्ने नाराका साथ गाउँपालिकाले प्रतियोगिताको आयोजना गरेको हो । विज्ञान क्षेत्रमा विद्यार्थीहरुको रुचि जगाउन र भविष्यमा आविष्कार बन्न प्रोत्साहित गर्ने उद्धेश्य सहित आयोजित प्रतियोगितमा पालिकाका आठ वटा विद्यालयका विद्यार्थी समूहको सहभागिता रहेको थियो । उनीहरु बीच भएको प्रतिस्पर्धामा वडा नं. ६ को त्रिभुवन माविका विद्यार्थी समूहले उत्कृष्ट उपाधि हासिल गर्न सफल भएको थियो । सो समूहले हाइटेक नर्सरी सम्बन्धि प्रविधिको निर्माण गरेको थियो । बाँदर धपाउने मेसिन बनाएर वडा नं. २ कालिका माविका विद्यार्थी समूह दोस्रो, भ्याकुम क्लिनर बनाएर वडा नं. ३ को लक्ष्मी माविको समूह तेस्रो र स्काभेटर निर्माण गरी भीम माविको समुह सान्त्वना भएको थियो । विजयी समूहहरुलाई नगद सहित पुरस्कार वितरण गरिएको छ । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष हिरा थोकर, उपाध्यक्ष गायत्री आचार्य, वडाध्यक्ष सोम बम्जन, सफ्टवेयर ईन्जिनियर अपिल कार्की, गाउँपालिकाका शिक्षा शाखा प्रमुख नवराज सापकोटा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
आविस्कार प्रतियोगिता सम्पन्न
TOPICS:समाचार
Posted By: दीक्षण दैनिक २२ श्रावण २०७९, आईतवार १४:५१
२९ भाद्र २०८१, शनिबार १८:३३
वक्तृत्वकला प्रतियोगितामा शहीद स्मृति मावि जिरीकी मेलिसा ढुङ्गेल प्रथम
२९ भाद्र २०८१, शनिबार १९:३१
चरिकोट खानेपानी तथा उपभोक्ता सरसफाई समितिमा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन
२९ भाद्र २०८१, शनिबार २०:०१
प्राथमिक उपचार दिवसको अवसरमा चरिकोटमा रक्तदान सम्पन्न
३० भाद्र २०८१, आईतवार १३:०२
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै हराए अमेरिकाबाट आएका एक व्यक्ति
३० भाद्र २०८१, आईतवार १४:३०
पशुपन्छी तथा मत्स्य रोग निदानको सम्बन्धि ३ दिने क्षमता अभिबृद्धि तालिम सम्पन्न
३० भाद्र २०८१, आईतवार १४:२०
दोलखाका ४ सय भन्दा बढी युवाले पाए तालिम
३० भाद्र २०८१, आईतवार ०७:४०
कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने
३० भाद्र २०८१, आईतवार १२:४४
त्रिशुलीमा खसेको ट्रकका चालक सम्पर्कविहीन
३० भाद्र २०८१, आईतवार १२:०९
शौचालयबाट कैदी फरार
३० भाद्र २०८१, आईतवार १२:४१
सुनको मूल्यमा कीर्तिमान
३० भाद्र २०८१, आईतवार १४:०४
कांग्रेस दोलखाले सय दिने अभियान सञ्चालन गर्ने
३० भाद्र २०८१, आईतवार ०७:३६
ताप्लेजुङमा भूकम्पको धक्का
३० भाद्र २०८१, आईतवार ०७:४३
यस्तो छ आजको विनिमय दर
३० भाद्र २०८१, आईतवार १३:१९
अख्तियारका कामकारबाही पारदर्शी र प्रभावकारी बनाउन आवश्यक छ : राष्ट्रपति
३० भाद्र २०८१, आईतवार १४:२४
कार्यवाहक सभापतिको जिम्मेवारी पाण्डेलाई
३० भाद्र २०८१, आईतवार ११:१४
Be the first to comment on "आविस्कार प्रतियोगिता सम्पन्न"