इङग्लिस एक्सेस माइक्रो स्कलरसिप कार्यक्रमबाट ४० विद्यार्थी दीक्षित

ताजा समाचारको लागि फलो गर्नुहोस ।

बाबुराम शर्मा
चरिकोट, भदौ ९
अमेरिकी विदेस विभाग राजदुतावासको आर्थिक सहयोगमा शिक्षकहरुको छाता सङगठन नेपाल इङग्लिस ल्याङवेज टिचर एशोसियसन ( नेल्टा ) दोलखा शाखाले सञ्चालन गरेको इङग्लिस एक्सेस माइक्रो स्कलरसिप कार्यक्रमबाट यहाँका ४० विद्यार्थी दीक्षित भएका छन् ।
विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई लक्षित गरिएको १८ महिने सो कार्यक्रममा सहभागी भएका छात्र २० र छात्रा २० गरी ४० जनालाई दीक्षान्त समारोहबीच दीक्षित प्रमाणपत्र वितरण गरिएको नेल्टा शाखाका सचिब बालकृष्ण दाहालले जानकारी दिनु भयो ।
सो समारोहमा दीक्षित रेस्मा श्रेष्ठ र रविकुमार दासले कार्यक्रमबाट अङग्रेजी भाषा सिक्नुका साथै अमेरिकाको समाज र संस्कृतिसँग परिचित हुन पाएको अनुभव सुनाउनु भएको थियो भने अभिभावक चक्रबहादुर बिकले बालबालिकाले यस्तो अवसर पाएकोमा खुसी व्यक्त गर्नु भएको थियो ।
नेल्टा शाखाका सचिब दाहालको सभापत्विमा भएको दीक्षान्त समारोहमा भर्चुअलबाट रेलोका नविला मोसमी, विश्वराज गौतम र नेल्टाका महासचिब ईश्वर अधिकारीले शुभकामना मन्तव्य राख्नु भएको थियो भने शिक्षा विकास तथा समन्वय इकाई प्रमुख शङकरबाबु श्रेष्ठ, कालिञ्चोक माविका प्रभानाध्यापक नवराज न्यौपाने, पशुपति कन्या मन्दर माविका गोविन्दनारायण मानन्धर, नेल्टाका सल्लाहकार नारायण बुढाथोकी, शिक्षक अञ्जना सुवेदीलगायतले कार्यक्रमको प्रशंसा गर्दै जिललाभरिका विद्यालयमा पनि यस्ता कार्यक्रम पु–याउन माग राख्नु भएको थियो । पठनपाठनका लागि सिम तथा डाटा सहितको एन्ड्र्रोइड सेट वितरण गरेको छ ।
कोरोना कहरबीच पनि इङग्लिस एक्सेस माइक्रो स्कलरसिप कार्यक्रम अन्तर्गत उनीहरुलाई अनलाइन कक्षामा सहभागी भई पढ्न र गृहकार्य गर्न र कार्यमूलक सिकाइ प्रदानका लागि यो सेट वितरण गरिएको नेल्टा शाखाका सचिव बालकृष्ण दाहालले जानकारी दिनु भयो ।
उहाँका अनुसार उनीहरुलाई फोनमार्फत गराइएको १० दिने पठनपाठन कोरोना सङक्रमण तीब्र गतिमा बढेपछि बन्द गरिएका थियो । यसलाई नितरन्तरता दिन यो सेट वितरण गरिएको हो । अब पठनपाठन सुरु हुन्छ । उनीहरुलाई स्कुल ब्याग र टिसर्ट पनि प्रदान गर्ने तयारी भइरहेको छ ।
सञ्चालित यो दुई वर्षे कार्यक्रममा सदरमुकाम चरिकोट स्थितका कालिञ्चोक माध्यमिक र पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयका कमजोर अवस्थाका १३ देखि १६ वर्ष उमेरका छात्र २० र छात्रा २० गरी कुल ४० जना सहभागी रहेका थिए । एक सय जनामध्ये परीक्षाद्धारा उत्कृष्ट ठहरिएकाहरु यस कार्यक्रममा छनोट भएका थिए । अध्यापनमा संलग्न पुरुष दुई र महिला दुई शिक्षकले शिक्षण गरेवापत मासिक १५ हजार रुपियाँ पाउनु भएको थियो ।
कार्यक्रम अनुसार अबधिभर विद्यार्थीहरुलाई हेरक हप्ता विद्यालयको समयपछि पाँच घण्टाको अङग्रेजी भाषा शिक्षण, हरेक हप्ताको दुई घण्टा कम्प्युटर र पहिलो शैक्षिक सत्रको अन्त्यमा एक हप्ते युवा नेतृत्व विकास तालिम प्रदान गरिएको थियो । अध्ययनका क्रममा लाग्ने सम्पूर्ण शैक्षिक सामग्री कार्यक्रमबाट उपलब्ध गराइए थियो ।

Shares

Dikshan Online TV

Be the first to comment on "इङग्लिस एक्सेस माइक्रो स्कलरसिप कार्यक्रमबाट ४० विद्यार्थी दीक्षित"

Leave a comment

Your email address will not be published.


*