विश्वकप २०१८ को आयोजक रसिया जारी फिफा विश्वकपको नकआउट चरणको नजिक पुगको छ। इजिप्टलाई ३–१ ले हराएपछि आयोजक राष्ट्र रसिया फिफा विश्वकपको नकआउट चरण नजिक पुगेको हो। आफ्नो दोस्रो खेलमा इजिप्टमाथि जित हात पारेपछि रसियाले समूहमा ६ अंक बनाएको छ। पहिलो खेलमा उरुग्वेसँग पराजित भएको इजिप्ट भने घर फर्किने सम्भावना बढेको छ। बुधबार हुने खेलमा साउदी अरेवियाले उरुग्वेविरुद्धको खेलमा जित निकाल्न नसकेको खण्डमा इजिप्ट बाहिरिने छ भने रसिया प्रिक्वार्टर फाइनलमा पुग्नेछ। सेन्ट पिटर्सबर्गमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो। ४७औं मिनेटमा अहमेद फातीले आफ्नै पोस्टमा गोल गरेपछि रुसले अग्रता लियो। रोमन जोब्निनको प्रहार बचाउने क्रममा इजिप्टका फातीले आत्मघाती गोल गरेका थिए। तीन मिनेटपछि फेरि रसियाले अर्काे गाेल गर्याे। ५९औं मिनेटमा डेनिस चेरिसेभले गोल गर्दै रसियालाई २–० को अग्रता दिलाए। उनले मारियो फर्नाण्डेजको पासमा गोल गरेका थिए। यो गोलसँगै चेरिसेभले दुई खेलमा तीन गोल पुर्याएका छन् । ७३औं मिनेटमा इजिप्टले पेनाल्टी पायो। इन्ज्युरीका कारण पहिलो खेल नखेलेका सलाहलाई डिबक्स भित्र लडाएपछि पाएको पेनाल्टीलाई सलाहले नै गोलमा परिणत गरे। तर त्यो गोल हार टार्नका लागि पर्याप्त भएन।
इजिप्ट ३–१ ले पराजित ,आयोजक रसिया विश्वकपकाे नकआउट चरण नजिक
Posted By: दीक्षण दैनिक ६ असार २०७५, बुधबार ०७:३०
२९ भाद्र २०८१, शनिबार १८:३३
वक्तृत्वकला प्रतियोगितामा शहीद स्मृति मावि जिरीकी मेलिसा ढुङ्गेल प्रथम
२९ भाद्र २०८१, शनिबार १९:३१
चरिकोट खानेपानी तथा उपभोक्ता सरसफाई समितिमा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन
२९ भाद्र २०८१, शनिबार ०९:२७
‘आहा ! जिरी मनमोहक रहेछ’
२९ भाद्र २०८१, शनिबार २०:०१
प्राथमिक उपचार दिवसको अवसरमा चरिकोटमा रक्तदान सम्पन्न
२९ भाद्र २०८१, शनिबार ०९:२३
घुमन्ते व्यापारमा रमाएका ‘काफ्ले बा’
२९ भाद्र २०८१, शनिबार ०९:१९
छोरीबुहारीलाई उच्चशिक्षाको अवसर बन्दै बर्दिबास क्याम्पस
२९ भाद्र २०८१, शनिबार ०९:१४
झापामा दुई दिनमा दुई जनाको हत्या
२९ भाद्र २०८१, शनिबार ०९:०९
तरकारी खेतीबाटै उर्मिलाले चलाउँदै घर, छोराछोरीलाई पढाउँदै डाक्टर र इन्जिनियर
२९ भाद्र २०८१, शनिबार ०९:२१
सडक बालबालिकालाई २०८१ भित्रै सडकबाट मुक्त गर्नेछौँः प्रधानमन्त्री
२९ भाद्र २०८१, शनिबार ०९:१५
Be the first to comment on "इजिप्ट ३–१ ले पराजित ,आयोजक रसिया विश्वकपकाे नकआउट चरण नजिक"