उम्मेदवार विरुद्ध उजुरी दर्ता गर्ने कार्यक्रम सोमबार

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार

चरिकोट, असोज २४

संसदीय निर्वाचनका लागि प्रत्यक्ष तर्फ मनोनयन दर्ता गरेका उम्मेदवारहरु विरोधमा उजुरी गर्ने कार्यतालिका सोमबार परेको छ । मंसिर ४ गते हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेद्वारी मनोनयन दर्ता गरेका तर अयोग्य उम्मेदवार विरुद्ध उजुरी गर्न सकिने निर्वाचन कार्यालय दोलखाले जनाएको छ ।

मनोनयन दर्ता गरेका उम्मेदवार आयोगले तोकेको मापदण्ड अनुसार योग्य नभएको भए उनीहरुको विरोधमा निर्वाचन अधिकृतको कार्यालयमै गई उजुरी दर्ता गर्न सकिने जिल्ला निर्वाचन अधिकारी शकुन्तला राईले बताउनु भयो । उम्मेदवारहरुको नामवाली प्रकाशन गरिसकिएकोले निर्वाचनका लागि योग्य नभए उनीहरु विरुद्ध कारण र प्रमाण सहित पाँच बजे सम्म उजुरी दर्ता गर्न सकिने उहाँले बताउनु भयो । उजुरी माथी जाँचबुझ गरी मुख्य निर्वाचन अधिकृतले निर्णय गर्नु हुने निर्वाचन अधिकारी राईले बताउनु भयो । उजुरी जो सूकै व्यक्तिले पनि गर्न सकिने छ ।

Shares

Dikshan Online TV

Be the first to comment on "उम्मेदवार विरुद्ध उजुरी दर्ता गर्ने कार्यक्रम सोमबार"

Leave a comment

Your email address will not be published.


*