एकृकित समाजवादी दोलखाले संघ र प्रदेशमा उम्मेद्वार सिफारिस (नामावली सहित)

ताजा समाचारको लागि फलो गर्नुहोस ।

सरिता भण्डारी

चरिकोट, भदौ २३

एकृकित समाजवादी दोलखाले संघ तथा प्रदेशमा पार्टीको तर्फबाट मंसिर ४ मा हुने निर्वाचनको लागि केन्द्रमा उम्मेद्वार सिफारिस गरेको छ । संघको प्रत्यक्षमा १ जना र समानुपातिक ३ जनाको नाम सिफारिस गरेको छ ।

संघको प्रत्यक्षमा पोलिट्व्यूरो सदस्य शिब भण्डारी र समानुपातिकमा सिर्जना कार्की , दिपक धनुके र संगिता पाख्रिनलाई सिफारिस गरेको छ । त्यसैगरी प्रदेश क को प्रत्यक्ष तर्फ गोपाल न्यौपाने , चुनु के.सी , भीम दहाल र सोम प्रसाद फुयाल र समानुपातिकमा गोमा दहाल , पुस्कर रिमाल,नन्द घतानी , रमेश कार्की र झनक कार्कीलाई सिफारिस गरेकाे छ ।

प्रदेश ख मा प्रत्यक्ष तर्फ पसाङ शेर्पा , भुवनसिह थापा, दिनेशराज शिवाकोटी, घनश्याम रिजाल , मोहन थापा,रामकाजी कायस्थ,असोक दहाल ,भवानी कार्की, र कृष्ण बस्नेत लाई सिफासि गरेको छ । त्यसैगरी ख मा समानुपातिकामा करुणा विश्वकर्मा , तारा तमाङ , जतना खड्का , जगतमान थामी, शेरसाङबो शेर्पा , सुसिला शर्मा ,र उद्धबराज शिवाकोटीलाई सिफारिस गरेकाे समाजवादी दोलखाका सचिब असोक दहालले जानकारी दिनु भयो ।

Shares

Dikshan Online TV

Be the first to comment on "एकृकित समाजवादी दोलखाले संघ र प्रदेशमा उम्मेद्वार सिफारिस (नामावली सहित)"

Leave a comment

Your email address will not be published.


*