चरिकोट (दीस) ः नेकपा एमाले दोलखाले स्थानीय तह अनुसार चुनाबी कमाण्डर तोकेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको लागि भीमेश्वर नगरपालिकाको निर्वाचन परिचालनका लागि कमाण्डर जिल्ला उपाध्यक्ष तथा प्रचार विभागका प्रमुख राजेन्द्र मानन्धर ,तामाकोसी गाउँपालिकामा प्रदेश कमिटी सदस्य बसन्तराज कार्की, विगु गाउँपालिकामा प्रदेश कमिटी सदस्य कृष्ण भुजेल ,गौरीशंकर गाउँपालिकामा पालिका ईन्चार्ज स्वयमबहादुर खड्का र वैतेश्वर गाउँपालिकामा प्रदेश कमिटी सदस्य हर्कमान पाख्रिन, जिरी नगरपालिकामा पूर्व मेयर टंक जिरेल, मेलुङ गाउँपालिकामा धर्मेन्द्र मोक्तान ,कालिञ्चोक गाउँपालिकामा कालिका पाठक, शैलुङ गाउँपालिकामा भरत प्रसाद दुलाललाई चुनावी कमाण्डर तोकेको नेकपा एमालेले जनाएको छ । दोलखामा एमालेको तर्फबाट प्रतिनिधिसभाका उम्मेद्वार बालकृष्ण शिबाकोटी, प्रदेशसभा १ मा नरबहादुर श्रेष्ठ र प्रदेशसभा २ मा भरतबहादुर केसीलाई उम्मेदवार बनाएको छ ।
एमालेले बनायो स्थानीय तहमा चुनाबी कमाण्डर

Posted By: दीक्षण दैनिक ४ कार्तिक २०७९, शुक्रबार ०७:५८

६ फाल्गुन २०८१, मंगलवार १९:५६
२०८१ फागुन ६ गतेको क्लिक गरेर Epaper पढ्नुहोस
६ फाल्गुन २०८१, मंगलवार २०:३०
तोलामा सात सयले बढ्यो सुनको मूल्य
६ फाल्गुन २०८१, मंगलवार २०:२९
Be the first to comment on "एमालेले बनायो स्थानीय तहमा चुनाबी कमाण्डर"