बाबुराम शर्मा (चरिकोट)– सदरमुकाम चरिकोट स्थितको पशुपति चौलागाईँ स्मृति अस्पतालमा सञ्चालित ( ओसीएमसी ) एक द्धार सकंट व्यवस्थापन केन्द्रबाट आर्थिक वर्ष २०७८÷०७९ मा १४० जनाले सेवा पाएका छन् । जिल्लामा सञ्चालित यो केन्द्रबाट लैङगिक हिंसाका विविधखाले यी पीडितहरुले सेवा पाएका केन्द्रका फोकल पर्सन डा. सुनील मोक्तानले जानकारी दिनु भयो । उहाँका अनुसार बलात्कारका २०,यौनजन्य हिंसाका १२, स्रोत साधनका आधारबाट बञ्चित ४१, शारीरिक दुव्र्यवहारका ४५, मानसिक दुव्र्यवहारका २१ र परम्परागतका आधारमा गरिने विभेदका एक गरी १४० जनाले सेवा पाएका हुन् । यहाँ आएकाहरुलाई आवश्यकता अनुसार गर्भवती, एचआइभी एड, रेपलगायतका शारीरिक परीक्षण गरिनुका साथै गर्भ निरोधक, यौनजन्य सुरक्षित, घाउचोटको उपचार र मानसिक परामर्श दिइने जानकारी दिँदै डा. मोक्तानले भन्नु भयो, “उपचार र परामर्शपछि प्रहरीमा २८, आवासीयमा ३३, अन्यमा ११ र ६८ जना आफ्नै घर फर्केका छन् । धुलिखेल, पाटन र वीर अस्पतालमा रिफर गरिएकाहरुलाई आठ हजार रुपियाँ खर्च दिने गरिएको छ । सम्झौता भए अनुसार यहाँको आवाज नेपालमा आवासीय बस्नेहरुका लागि वार्षिक तीन लाख रुपियाँ पनि दिने गरिएको छ । ओसीएमसीमा खर्चका लागि आर्थिक वर्ष २०७८÷०७९ मा २० लाख रुपियाँ आएको उहाँले स्पष्ट पार्नु भयो ।
ओसीएमसीबाट १ सय ४० जनाले पाए सेवा
Posted By: दीक्षण दैनिक २५ श्रावण २०७९, बुधबार १९:५३
५ माघ २०८१, शनिबार १८:०४
उपाधि द राइजिङ स्टारलाई
५ माघ २०८१, शनिबार १९:३७
नेकपा माओवादी केन्द्र तामाकोशी गाउँपालिकाको अधिवेशन सम्पन्न, राजुप्रसाद शर्मा पुनः अध्यक्ष चयन
५ माघ २०८१, शनिबार १८:३०
अन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि विगु गाउँपालिकालाई
५ माघ २०८१, शनिबार २०:१३
नेकपा एमाले दोलखा बैतेश्वोर–काठमाण्डौ सम्पर्क मञ्चको तेस्रो सम्मेलन सम्पन्न
५ माघ २०८१, शनिबार १९:१२
Be the first to comment on "ओसीएमसीबाट १ सय ४० जनाले पाए सेवा"