कतै छ त ? सहयोगी मन !

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट(दीस)–अभिभाकलाई संसार सबै भन्दा ठुलो आफनो सन्तान हो । जहिले पनि सन्तानको सुख चाहान्छ । तर तेही सन्तान गरिबको चपेडाले उपचारको अभाब मृत्यु हुन्छ त्यो भन्दा पिडा अभिभाकलाई त्यो भन्दा के हून्छ । त्यस्तै पिडा परेको गौरीशंकर गाँउपालिकाका दोलखाको गौरीशंकर वडा नंम्बर ८ बाबियोडाँडा एक दम्पत्तीलाई । आर्धिक अभाबका कारण २ सन्तान मध्ये एकलाई गुमाउनू परेको छ । ती दम्पत्ती हुन धन बहादुर र ललिमाई तामाङ । उनका ५ वटा सन्तान जन्मे पनि जिबित दुई छोरा पनि अपाङ्ग भएर हिँडडुल गर्न नसक्ने अवस्थामा रहेकोमा केही समय अगाडी जेठो सन्तान १७ बर्षिय उनको ठुलो छोरा शितल १७ बर्ष गुमाएका छन । आर्धिक अभाबमा उपचार गर्न नसेको कारण उनको निधन भएको परिवारले बताएका छन ।१४ बर्षिय सुमन पनि अहिले पनि हिडडुल गर्न सक्त्तैन । उनलाई सहयोगी हात भएर खाँचो रहेको छ । गरिब परिवार एक मात्र सन्तान उपचार आसा अहिले पनि तड्पिरहेको छ । उनीहरुलाई जेठो सन्तान गुमाएको पिडा त छदैछ ।“कसैले सहयोग गरि दिए कान्छो १४ बर्षिय छोरा सुमनको उपचार हुन्थ्यो, के गर्ने उपचारको अभाबमा एक सन्तान गुमाउनू उनका बुबा धन बहादुर तामाङले भने । शुरुमा राम्रो जन्मे पनि पछि ३ बर्षमा जेठो छोरा शितल बिरामी पर्दै गएपछि हिँडडुल गर्न नसक्ने अवस्था भएको उनका बाबु धन बहादुरले बताए । “अहिले उपचारको अभाबमा हामीले जेठो सन्तान गुमाउनु प¥यो ” पिडा पोख्दै उनले भने । “छोराहरु बिरामी भए पछि शुरुमा आफुले धान्य रकमले उपचार गरे तर आर्थिक अवस्था कमजोर भएका कारण उपचार गर्न सकिन” उनले गुनासो गर्दै भने । दुबै छोरालाई पहिला सदरमुकाम चरिकोट उपचार गरेको डाक्टरले काठमाडौ लैजानलाई सुझाब दिएको र रकमको अभावमा उपचार गर्न नसेको अभिभावकको गुनासो रहेको छ । “छोराको उपचार गर्दा १५ बर्ष अगाडी आफुसँग सम्पत्ती सकियो तर छोराहरु पनि निको भएनन्” उनकी आमा ललिमाइ तमाङ्गले गुनासो पोखिन् । उपचारको खोजीमा रहेका सुमनले गुनासो पोख्दै भने “आमा बुबा हुन् जे हामीलाई खान र लाउन दिनु होला उँहाहरु आफै नसक्ने भए पछि म कसरी बाँचौला”। “पढ्न त रहर थियो तर भाग्यले साथ दिएन” उनले भने ।

यस बस्ती अपाङ्ग गाँउ जस्तै भएको छ । तामाङ जातीको बाहुल्यता रहेको यस गाँउमा १० जना आपाङ्ग रहेका छन् । बिपन्न वर्ग बस्ने यस बस्तीमा आपाङ्गको अवस्था नाजुक रहेको छ । उपचार गर्न आर्थिक अवस्था कमजोर भएको कारण उपचार गर्न नसेको गुनासो पिडित परिवारले बताएका छन् ।
त्यसै गाँउका अर्का पेम्बादोर्जे तामाङ र पर्मिला तामाङका ३ बर्षका उनको छोरा पनि हिँडडुल गर्न सक्दैन् । उनको उपचार गर्न राजधानीसम्म लगेर उपचार गर्दा ठिक नभएको उनीहरुmे गुनासो गरे ।
सोही टोलका साङ्ले तामाङ र सरिताका १५ बर्षका छोरा पनि कान नसुन्ने छन् । उनी हाल विद्यालय पढ्न जान्छन् । हाल उनी ४ कक्षामा अध्ययनरत छन् । छोरा अरु पढ्ने स्कुलमा पढ्ने गरेको तर उसलाई पढ्न गाह््रो भएको उनका अभिभावकले बताए । त्यसैगरी प्रेम तामाङ र दुधिमाईको छोरीको सुनपति ३ बर्षकी भईन् । उनलाई जता सुतायो त्यतै सुत्ने गरेको उनका अभिभावकले बताए । “सिंगटीमा उपचार गर्न लगेको त्यहाँ ठिक हुन्न काठमाडौ लगेर उपचार गर्न डाक्टरले भनेको उनका बुबा प्रेम तामाङले भने ।” छोरीलाई उपचार गर्न पैसा अभावको कारण काठमाडों लान नसकेको उनले गुनासो गरे । “रकम छैन छोरीको उपचार गर्न मन थियो” उनकी आमा दुधिमाईले भनिन् । उनीहरुका ३ वटा सन्तानमध्ये सुनपति माइली छोरी हुन् । सकल र देबकी तामाङकी छारी ७ बर्ष भइन् । उनी आँखा देख्दिनन् । उनलाई उपचार गर्न अभिभावकले सिंगटी आँखा शिविरमा लैजाँदा तिलगंगा उपचार गर्न डाक्टरले सुझाब दिएका थिए । तर परिवारले रकमको अभावमा उपचार गर्न नसकेको गुनासो गरे । ४ सन्तानका यि दम्पत्तीलाई छोरीको उपचार गर्न रकम नभएको गुनासो गर्छन् । “छोरीलाई उपचार गर्न काठमाडौ लाने मन त थियो के गर्ने रकम छैन” उनकी आमा देबकीले गुनासो पोखिन् । त्यसैगरी सोही गाँउका तत्व बहादुर तामाङ आफै आपाङ्ग छन् । सिनर्जीका हाइर्डो पावरमा काम गर्दा पहिरोमा परी उनले दाहिने हात गुमाउनु प¥यो । उनका छोरा सुमन ९ बर्षका भए । तर उनी न कान नै सुन्छन् न त बोली नै आँउछ । हाल उनी सोही गाँउको सेतीदेवी प्राथमिक विद्यालयमा अध्ययन गर्दै छन् । उनले अध्ययनमा चाख राख्ने गरेको सो विद्यालयका शिक्षक बताँउछन् ।

Shares

Dikshan Online TV

Be the first to comment on "कतै छ त ? सहयोगी मन !"

Leave a comment

Your email address will not be published.


*