कन्सन वल्डवाइडको सहयोगमा ६१ धारा निर्माण , १ सय ८६ घरधुरी प्रत्यक्ष लाभन्वित

खानेपानीको उद्धघाटन गर्दै जि.स.स प्रमुख डबल पाण्डे

ताजा समाचारको लागि फलो गर्नुहोस ।

प्रभु जिरेल
चरिकोट–दोलखाको मेलुङ गाँउपालिका वडा न ७ मेलुङमा कन्सन वल्डवाइडको सहयोगमा दिपज्योती समाज सुधार संघले ६१ वटा धारा निर्माण गरेको छ । कन्सर्न वल्र्डवाइड र दिपज्योति समाज सुधार सघंको साझेदारीमा सञ्चालित सामुदायिक खानेपानी आपूर्ति, विद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता प्रवद्र्घन परियोजनाले ८८ लाख ७४ हजार ९२० रुपौयाको लागतमा सो खानेपानी आयोजना निर्माण गरेको जनाएको छ । परियोजनाले ईन्टेक २ वटा, डिस्टीब्युसन ट्टयांकी १ वटा, फोरोसिमेन्ट ट्टयांकी १४ घ.मि. र १६ घ.मि को २ वटा, धारा ६१ वटा, हात धुने ठाऊँँ १ वटा र विद्यालयको चर्पि पुनःस्थापना तथा मर्मत सम्भार गरि दिएको छ । खानेपानी आयोजनाबाट कर्णकाली आधारभुत बिद्यालय का बिधार्थी सहित १ सय ८६ घर धुरीको १३ सय ५७ जना प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । परियोजनाले सोहि वडामा सामुदायिक खानेपानी आयोजना, स्वच्छता प्रवद्र्घन तालिम, विद्यालय खानेपानी आयोजना, विपद जोखिम न्यूनिकरण, विद्यालयको शौचालय मर्मत तथा पुर्नस्थापना, गुनासो ब्यवस्थापन संयन्त्र लगाएको काम गर्दै आई रहेको परियोजनाका कार्यक्रम अधिकृत नबिन कार्कीले बताए ।


स्थानियहरु दैनिक खानेपानी लिनको लागि २०÷२५ मिनेटको बाटो हिडेर जानु पर्ने बाध्यता रहेकोमा परियोजनाले गाँउमानै पानीको धारा निर्माण गरि दिएर स्थानिय हरुलाई धेरै सहज भएको मेलुङ गाँउपालिका वडा न ७ का वडा अध्यक्ष नबराज खड्काले बताए । मेलुङ गाँउपालिकाका प्रमुख नर बहादुर श्रेष्ठले दिपज्योती समाज सुधार संघ संगको सहकार्यमा संचालन गरिएको यस परियोजनाले वडा न ७ मा खानेपानीको राम्रो ब्यबस्थापन गरेको मा आफु खुसी रहेको र आगमी दिनमा समेत गाँउपालिकाको अन्य वडाहरुमा संचालन गर्नको लागि आग्रह गरे । बिगत १ बर्ष देखि संचालनमा रहेको सो परियोजनाले खानेपानी योजनाको काम सम्पन्न गरे संगै सोमबार जिल्ला समन्वय समिती दोलखाका प्रमुख डबल पाण्डे, गाँउपालिका प्रमुख नर बहादुर श्रेष्ठ संचारकर्मी लगाएतको उपस्थितीमा एक कार्यक्रमका बिच समुदायलाई हस्ताण्तरण गरेको छ ।

Shares

Dikshan Online TV

Be the first to comment on "कन्सन वल्डवाइडको सहयोगमा ६१ धारा निर्माण , १ सय ८६ घरधुरी प्रत्यक्ष लाभन्वित"

Leave a comment

Your email address will not be published.


*