करेन्टले गौरीशङ्करमा पनि एकको ज्यान लियो

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दोलखाको गौरिशंकर गाउँपालिकामा कोदो रोप्न गएका एक यूवाको करेन्ट लागेर ज्यान गएको छ, भने तिन जना घाईते भएको छन । गौरिशंकर गाउँपालिका वडा नं. ९ सिमिगाउँका पदम बहादुर तमाङका २८ वर्षिय छोरा दोर्जे तमाङको करेन्ट लागेर ज्यान गएको हो । उनीसंगै कोदो रोपिरहेका सिमिगाउँकै ७२ वर्षिय विर्ख बहादुर गुरुङ, ४३ वर्षिय सानु माया तमाङ र २७ वर्षिय जट्ट तमाङ सामान्य घाईते छन ।
आफैले अधिया कमाएको बारीमा कोदो रोप्ने क्रममा कोदालोले बारी खन्दा छेउैमा रहेको विद्युतकोे पोलबाट प्रवाह भएको करेन्ट लागेर तमाङको घट्नास्थलमै ज्यान गएको घटनास्थल पुग्नु भएका इलाका प्रहरी कार्यालय सिंगटिका प्रहरी ईन्चार्ज एंव प्रहरी निरीक्षक सुनजित तमाङले जानकारी दिए ।, विद्युत प्राधिकरणको लापारबाहीले घट्ना घटेको स्थानियहरुले बताएका छन् ।
माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सहयोगमा एक वर्ष अघि मात्र सिमिगाउँमा विद्युतीकरण भएको थियो । यस अघि पनि दोलखाको भिमेश्वर नगरपालिका वडा न.५ मा करेन्ट लागेर एक महिलाको ज्यान गएको थियो ।

Shares

Dikshan Online TV

Be the first to comment on "करेन्टले गौरीशङ्करमा पनि एकको ज्यान लियो"

Leave a comment

Your email address will not be published.


*