कार्यालयको नाम परिवर्तन

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट(दीस)ः घरेलु तथा साना उद्योग कार्यालय दोलखाको नाम परिवर्तन गरिएको छ । बागमती प्रदेश सरकारले सो कार्यालयको नाम परिवर्तन गरी उद्योग तथा वाणिज्य कार्यालय नामाकरण गरेको हो ।
बागमती प्रदेश सरकार को पुष ३ गतेको निर्णय तथा उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयको माघ ११ गतेको पत्रानुसार साविकको घरेलु तथा साना उद्योग कार्यालय दोलखाको नाम परिवर्तन गरी उद्योग तथा वाणिज्य कार्यालय, दोलखा राखिएको उद्योग तथा वाणिज्य कार्यालय दोलखाका प्रमुख रामप्रसाद भुषालले जानकारी दिनुभयो ।

Shares

Be the first to comment on "कार्यालयको नाम परिवर्तन"

Leave a comment

Your email address will not be published.


*