पुस २५–दोलखाको कालिञ्चोक मन्दिर दर्शन गर्न गएकी एक महिलाको मन्दिर नपुग्दै शनिबार मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुर जिल्लाको फापरबारीका ३३ वर्षिया सम्झना रोक्का मगर रहेका जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । कालिञ्चोक मन्दिर दर्शन गर्नका लागि शुक्रबार बेलुकी परिवार सहित कुरी बजार पुगेर मगर होटलमा बास बसेकी थिइन् । शनिबार बिहानैदेखि सामान्य बिरामी भएकी मगर होटलमा आराम गरेर बसिरहेकी थिइन् । तर बिहान करिब साढे दश बजे एक्कासी बेहोस भएपश्चात् उनलाई सदरमुकाम चरिकोट दोलखा सामुदायिक अस्पतालमा उपचारको लागी ल्याइएको थियो । तर अस्पताल प¥याए लगतै मगरलाई डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका सुचना अधिकारी एवम् प्रहरी निरीक्षक अन्जन कोइरालाले बताए । सम्झनाको लेक लागेर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।
कालिन्चाेक दर्शन गर्न गएकी एक महिलाकाे मृत्यु
TOPICS:घटना
Posted By: दीक्षण दैनिक २५ पुष २०७७, शनिबार १४:०७
५ माघ २०८१, शनिबार १८:०४
उपाधि द राइजिङ स्टारलाई
५ माघ २०८१, शनिबार १९:३७
नेकपा माओवादी केन्द्र तामाकोशी गाउँपालिकाको अधिवेशन सम्पन्न, राजुप्रसाद शर्मा पुनः अध्यक्ष चयन
५ माघ २०८१, शनिबार १८:३०
अन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि विगु गाउँपालिकालाई
५ माघ २०८१, शनिबार २०:१३
नेकपा एमाले दोलखा बैतेश्वोर–काठमाण्डौ सम्पर्क मञ्चको तेस्रो सम्मेलन सम्पन्न
५ माघ २०८१, शनिबार १९:१२
Be the first to comment on "कालिन्चाेक दर्शन गर्न गएकी एक महिलाकाे मृत्यु"