काेराेना विशेष

ताजा समाचारको लागि फलो गर्नुहोस ।

डम्बर चाैलागाईं
कति विवशता ,
कति वाध्यता
अाज जिन्दगीमा जाेस नभएर
वाध्यतामा वाँचिरहेकाे छु
मलाई अाजसम्म बचाईरहेछ
जीवन गुडिरहेछ बसकाे चक्काजस्तै
अग्लाे -हाेचाे ,ठाडाे -तेर्साे गर्दै
जीवनकाे याे अग्लाे टाकुराबाट
चाेसेमाेसे ढुङ्गाजस्तै भएर गुडिरहेछ
पत्ताे नभएकाे अनन्त भासतिर ।।
चाैबिसै घण्टा
दिनरात ,झरीपानी केही पनि नभनि
गतिशीलता भित्रै विवसतालाई बाेध गर्दै
टेलिफाेनका घण्टी बजेका छैनन् अचेल
घडीका सुइहरु घुमेका छैनन् अचेल
टक्सारकाे समस्या बनेकाे छैन अचेल ।।
यहीँ वाध्यता र विवशताकाे
बाेझले किचिएकाे छु म अाज पनि
एउटा निरीह प्राणीजस्तै
घरि चियाकाे चुस्कीसँगै
घरि भातकाे गाँससँगै
तर अाज ,
अाफैँमा सिथिल हुँदै गएजस्ताे लाग्छ
ताताेपानीकाे वाफ पनि चिस्सिएजस्ताे लाग्छ
त्यही वाफले काेरेकाे काेराेनाका रेखाहरु
जिन्दगीले स्पस्ट देख्न नसकेजस्ताे लाग्छ
जुन , फगत विवस्ताका रेखाहरु
चित्र बनेर देखा पर्दैछन् ।।
घडीकाे सुईपनि सूर्यकाे किरणसँगै
पग्लदै गएकाे छ वास्तविकता बनेर
म यसैभित्र हेरिरहेको छु
हेरिरहन्छु
र हेर्दाहेर्दै अाफैंमा पग्लदै जान्छ
सन्नाटा छाउँछ
टेलिफाेनका घन्टीहरु पनि बज्न छाड्नेछन्
म अाफैँमा डुबेर शान्त भैसकेकाे हुनेछु
पातलिदाे पा नीकाे वाफसँगै
अाफ्नाे अस्तित्व समाप्त भैसक्ने छ
काेराेनाकाे कहरसँगै ।।।।।
( विश्वमा काेराेना भाईरसबाट मृत्यु भएका मानिसहरु प्रति समर्प्रित )

 

Shares

Dikshan Online TV

Be the first to comment on "काेराेना विशेष"

Leave a comment

Your email address will not be published.


*