कुरा चरिकोट सरसफाई को ?वर्तमान नेतृत्वले जनतालाई साथमा लिएर अगाडी बढनु सवभन्दा बद्धिमानी काम हुन्छ ।

प्रोणप्रताप के.सी.

ताजा समाचारको लागि फलो गर्नुहोस ।

प्रोणप्रताप के.सी.

नेपालको संविधानको कार्यान्वयन गदै ३१ जेठ २०७४ मा भएको स्थानिय तहको निर्वाचन पछि देशका विभिन्न स्थानिय तहहरुले कुनै न कुनै रुपमा भिन्न कार्यशैली अपनाएर कार्य गर्दै आएका छन् । यि स्थानिय तहहरु विगतमा जस्तो केन्द्रवाट प्रत्यायोजित अधिकारहरुको प्रयोग गर्ने मात्र नभएर स्थानिय सरकारको रुपमा आप्mनो कानुन आफै निर्माण गर्ने, आफुले निर्माण गरेको कानुनको आपैm कार्यान्वयन गर्दै जनतालाई सेवा प्रवाह गर्ने कार्य गर्दछन ।
अहिले देशका विभिन्न सहरहरुमा विकासको अधिकारको साथै स्वस्थ वातावारणमा बाँच्न पाउने अधिकारको वारेमा विभिन्न ढङ्गले कुराहरु उठन थालेका छन् । कहि अधिकारको हिसावले त । कही धुलो भयो, फोहोर भयो, त कहिँ सरसफाई गरौ भन्ने हिसावले । जे होस भौतिक विकास मात्र अधिकार नभएर स्वस्थ वातावरणमा वाँच्न पाउने अधिकार अर्थात पर्यावरणीय संरक्षण सहितको विकासको पक्षमा आवाजहरु उठनु खुसीको कुरा हो ।
केहि दिन अघि देखी पत्रकार रमेश खतिवडाले आप्mनो फेशबुक वाल मार्फत भिमेश्वर नगरपालिकाको मुख्य बजार क्षेत्र चरिकोटको सरसफाईको वारेमा चासो राख्दै सरसफाईमा स्थानीय समुदायले गरेका प्रयत्न तथा भिमेश्वर नगरपालिका वडा नं. ३ र ६ ले गरेको पहलको वारेमा प्रचार प्रसार गरी रहनु भएको छ । म उँहाको प्रयत्नलाई सकारात्मक रुपमा लिँदै आगामी दिनमा यस विषयलाई अभियानको रुपमा अघि वढाउन अनुरोध समेत गर्दछु ।


भिमेश्वर नगरपालिकाको बर्तमान नेतृत्वले नगरको सरसफाईलाई ध्यान दिएर तत्कालिक रुपमा सडकमा पानी राख्ने, सडक निर्माणको लागि निर्माण व्यवसायीलाई दवाव दिने लगायतका केहि कार्य सुरु गरेको छ भने दिर्घकालिन योजनाहरु निर्माण गरेको होला वा गर्दै होला त्यसको प्रभाव भविश्यमा देखिदै जाला । नगरपालिकाले नगरको सरसफाईको वारेमा गर्ने कार्य भन्दा पनि महत्वपुर्ण कार्य त नगरवाशीले आप्mनो घर आँगन सफा राख्न के कस्तो तदारुकता देखाउँछन भन्ने हो । अहिले चरिकोटवासीहरु आफनो शहर सफा राख्न आफै जुर्मुराउँदै छन् यस्तो वेलामा नगरपालिकाको वर्तमान नेतृत्वले जनतालाई साथमा लिएर अगाडी बढनु सवभन्दा बद्धिमानी काम हुन्छ । जुन कामको सुरुवात वडा नं. ३ र ६ ले गरेका छन । यसवाट अरु वडाहरुले पनि सिक्नु पर्दछ ।
कुनै पनि सहरको पहिचान त्यस सहरको सुन्दरताले दिन्छ । हुन त शहर मात्र होईन कुनै पनि वस्तु भित्र दुई पक्ष हुन्छन । यि हुन रुप पक्ष र सार पक्ष । सार पक्षले वस्तु भित्रको गुण पक्ष अर्थात भित्री पक्षलाई प्रतिविम्वित गर्दछ भने रुप पक्षले वस्तुको वाहिरी पक्षलाई प्रतिविम्वित गर्दछ । भिमेश्वर नगरपालिकाको सार पक्ष भन्नाले नगरपालिकाले जनतालाई प्रदान गर्ने सेवा प्रवाह सुशासनमुखी छ, छैन ? जनप्रतिनिधि र कर्मचारीहरु सेवाग्राहि प्रति जवाफदेही छन्, छैन्न ? भन्ने जस्ता कुराले निर्धारण गर्दछ भने रुप पक्ष भनेको चाँही नगर भित्रका सडकहरु कस्ता छन्, भवनहरु कस्ता छन् ढल तथा सरसफाई व्यवस्थापन कस्तो छ भन्ने कुराले निर्धाण गर्दछ । अर्थात भिमेश्वर नगरपालिकालाई आम मानिसले हेर्दा प्रथमतः यसको रुप पक्षलाई हेर्छ र आप्mनो धारणा बनाउँदछ । यसो भन्नुको अर्थ रुप पक्षलाई मात्र ध्यान दिनु पर्दछ भनेको होईन । यसको सार पक्ष पनि त्यत्तिकै महत्वपुर्ण हुन जान्छ ।
सरसफाईको प्रसंगमा कुरा गर्दा दिर्धकालिन योजना निर्माण गर्ने र सोहि वमोजिम कार्य गर्दै जाने कुरा त हुँदै जाला । तर स्थानिय समुदायको सहभागिता र परिचालनमा ध्यान दिन सक्यो भने हाम्रो सानो पहल र प्रयत्नले जनतामा जागरण ल्याउन सकिन्छ ।

स्वभाविक रुपमा सहरमा वसोवास गर्ने जनताहरु विभिन्न भुगोल, समुदाय, र सम्प्रदायवाट आएका हुनाले उनिहरुलाई संगठित गर्न कठिन हुन्छ नै । तर पनि चरिकोटमा वसोवास गर्ने व्यक्तिहरु एउटा सम्प्रदाय वन्ने क्रममा भएकोले उनिहरुलाई जोडने सेतुको कामको थालनी हुन सकेमा उनिहरुमा सामुहिक भावनाको विकास गराउन कठिन हुँदैन । त्यतिमात्र होईन भिमेश्वर नगरपालिका दोलखा जिल्लाको सदरमुकाम समेत भएकोले यसले गर्ने विकासका प्रयासहरु, सामाजिक साँस्कृतिक जागरणहरुले दोलखा जिल्लाका अन्य भेगमा पनि प्रभाव पार्दछ । एकातिर गाँऊवाट आएका मानिसले शहरमा फोहोर गर्छन फोहोर नगर भनेर कतिलाई सम्झाउने ? भन्ने मान्यता अर्कोतिर कुनै खास समारोहमा सेना, प्रहरि वा कुनै संघ संस्थाले शहर सरसफाई गर्दा मुस्कुराउँदै आप्mनो पसलको फोहोर सडकमा फाल्ने व्यापारीहरुको प्रबृति रहुन्जेल नगरको सफाई गर्न सकिन्न ।

मानिसलाई सिकाउन सकिन्छ भन्ने उदाहरणको रुपमा खुल्ला दिशामुक्त अभियानलाई हेरौ ४–५ वर्ष अघिसम्म दोलखा जिल्लाका गाँऊघरमा अधिकाँश घरहरुमा चर्पि थिएनन, भएका घरमा पनि चर्पिमा दिशा पिसाव गर्ने भन्दा पनि घाँस दाउरा राख्ने गरिन्थ्यो । तर आज सवैजसो घरमा चर्पि छ, दिशापिसाव चर्पीमा गर्ने वानी वसेको छ । हिजो अस्ती जस्तो दोवाटोमा दिशा गर्ने चलनको अन्त्य भएको छ । हामीसंग भएको यो सकारात्मक उदाहरणलाई अनुसरण गर्दै सरसफाईको क्षेत्रमा चरिकोटको वजारमा कुनैपनि व्यापारीले आप्mनो पसल अगाडी फोहोर नफाल्ने, उनिहरुको पसलवाट आउने फोहोरलाई पसलको एक कुनामा काटुनमा जम्मा गर्ने, नगरपालिकाले फोहोर संकलन गर्न आउँदा सुरक्षीत तवरले गाडीमा राख्ने जस्ता कार्य गर्ने, हरेक विहान पसल अगाडी बढार्ने (जसरी हामी हाम्रो घरको पिँढी बढाछौं) र जिल्लाका विभिन्न भागवाट आउने मानिसको हकमा रेडियोवाट फोहोर नफाल्न विज्ञापन वजाउने, सहरको निश्चित स्थानमा रेर्कड गरिएको विज्ञापन मार्फत जनचेतना जगाउने, सार्वजनिक ठाँऊमा खैनी, चुरोट, खान प्रतिवन्ध लगाउने, खैनीको प्याकेट, चुरोटको ठुटा, विस्कुट, चाऊचाऊ, कुरमुरे र लेज आदीको प्लाटिकको खोलहरु फाल्नको लागि नगरपालिकाले मिनी फोहोर कन्टेनरको व्यवस्था गरीदिने जस्ता साना साना प्रयत्न गरेर सहरको सरसफाईलाई कायम गर्न सकिन्छ । बाहिरवाट आउने मानिसले फोहोर गर्छन भन्ने मान्यता गलत हो किनकी हामी विकसित देशमा जाँदा त्याहाको फोहोर कि त डष्टविनमा राख्छौ, डष्टविन नभेटे÷नदेखे आप्mनै झोलामा राखेर आप्mनै देशमा फाल्नेहरु पनि त छौ नी ।। (त्यसैले आप्mनो सहर आपैले सफा राखौ) लेखक –ने.क.पा. एमाले दोलखाका नेता हुन ।

Shares

Dikshan Online TV

Be the first to comment on "कुरा चरिकोट सरसफाई को ?वर्तमान नेतृत्वले जनतालाई साथमा लिएर अगाडी बढनु सवभन्दा बद्धिमानी काम हुन्छ ।"

Leave a comment

Your email address will not be published.


*