कोरोनाको त्रास सेयर बजारमा, चिनियाँ सेयर बजा बिन्दुमा

ताजा समाचारको लागि फलो गर्नुहोस ।

बेइजिङ । कोरोनाको त्रास बढेको चीनको वुहानबाट सुरु भएको नोभेल कोरोना भाइरसको त्रासले गर्दा चिनियाँ सेयर बजार चार वर्षयताकै न्यून बिन्दुमा पुगेको छ । चीनमा नयाँ वर्षको बिदापछि सोमबार खुलेको सेयर बजार घटेर चार वर्षयताकै तल्लो बिन्दुमा पुगेको हो । सांघाई कम्पोजिट इन्डेक्स एकैदिन करिब ८ प्रतिशतले घटेको हो । बैंकिङ प्रणालीको तरलता सुनिश्चित गर्न सोमबार १ सय ५० बिलियन युआन बजारमा पठाएको छ । दोस्रो ठूलो अर्थतन्त्र भएको चीनको सेयर बजार कोरोना भाइरसको त्रासका कारण घटेको बताइएको छ । केही समयअघि अमेरिकासँगको व्यापार युद्धका कारण पनि चिनियाँ अर्थतन्त्रमा ठूलो गिरावट आएको थियो । गत वर्ष चीनको आर्थिक वृद्धिदर ६ दशमलब १ प्रतिशत थियो । जुन तीन दशकयताकै कम भएको बताइएको थियो ।महामारीका कारण विश्व बजार नै प्रभावित भइरहेका बेला चिनियाँ सेयर मूल्यमा पनि गिरावट आएको हो । गत साता वाल स्ट्रिटको एस एन्ड पी ५०० सूचकांक पनि अक्टोबर यताकै कम भएको थियो । बीबीसी

Shares

Dikshan Online TV

Be the first to comment on "कोरोनाको त्रास सेयर बजारमा, चिनियाँ सेयर बजा बिन्दुमा"

Leave a comment

Your email address will not be published.


*