खाडिचौर चरिकोट सडक खण्डको सुधार गरी यातायात सुचारु गर्न माग

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट –खाडिचौर चरिकोट सडक खण्डको सुधार गरी यातायात सुचारु गर्न माग गर्दै दोलखा उद्योग वाणिज्य संघ ले शुक्रवार प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्रमा ३ दिन भित्र सडक मर्मत गरी यातायात संचालन योग्य बनाउन माग गरिएको छ । माग पूरा नभएमा शशक्त आन्दोलन गरिने चेतावनी संघका महासचिव हेमराज रिमालद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।सडककै कारण दोलखाको ब्यापार ब्यावसाय चौपट लागेको ले यसको विरोधमा शनिवार चरिकोट बजार बन्द गर्ने घोषणा गरेको छ ।

Shares

Dikshan Online TV

Be the first to comment on "खाडिचौर चरिकोट सडक खण्डको सुधार गरी यातायात सुचारु गर्न माग"

Leave a comment

Your email address will not be published.


*