खिम्तीको क्षमता बढेकै राम्रो

ताजा समाचारको लागि फलो गर्नुहोस ।

नर्वे सरकारको लगानीमा निर्माण भएर सञ्चालन भइरहेको ६० मेगावाटको खिम्ती जलविद्युत् आयोजनाको क्षमता बढाउन लागेको छ । आयोजनाको प्रबद्र्धक हिमाल पावर लिमिटेडले क्षमता बढाउनका लागि विद्याु विकास विभागमा आवेदन समेत दिएको छ । पिपिए म्याद पूरा हुन दुई वर्ष बाँकी हुँदा क्षमता बढाउन विद्युत् विकास विभागमा आवेदन दिएको हो ।
सरकारले कम्पनीलाई २०५१ फागुन १ गते विद्युत् उत्पादन अनुमतिपत्र दिएको थियो । आयोजनाबाट २०५७ असार २७ गते (सन् २०००, जुलाई ११) मा विद्युत् उत्पादन भएको थियो । उत्पादन भएको मितिबाट सुरु भएर २० वर्षमा पिपिए संशोधन हुने प्रावधान छ ।
उत्पादन अनुमतिपत्र ५० वर्षका लागि दिए पनि पिपिए २० वर्षमा संशोधन हुने प्रावधान राखिएको छ । जसअनुसार २०७७ असार २६ गते (सन् २०२० जुलाई, १०) मा सम्झौता सकिन्छ । यसपछि आयोजनाको ५० प्रतिशत स्वामित्व सरकार वा नेपाल विद्युत् प्राधिकरणमा आउँछ । आधा स्वामित्व सरकारमा आएपछि आम्दानी कम हुने हुँदा वृद्धि गरी आम्दानीलाई सन्तुलनमा राख्ने प्रबद्र्धकको योजना पनि राम्रै देखिन्छ ।
कम्पनीले १२ मेगावाट क्षमता थपेर अर्धजलाशय निर्माण गर्ने प्रस्ताव गरेको छ । सरकारले नदी प्रवाही, अर्धजलाशय र जलाशय आयोजनाको पिपिए दर यसअघि नै निर्धारण गरेको छ । कम्पनीले अर्धजलाशयको पिपिए पाउन पनि क्षमता बढाउन लागेको विभागको तर्क छ ।
१२ थपिएपछि आयोजना ७२ मेगावाट हुनेछ । प्राधिकरणले खिम्तीको विद्युत् अहिले प्रतियुनिट १०.९५ रुपैयाँमा किनिरहेको छ । खिम्तीले सरकारलाई तिर्नुपर्ने विद्युत् रोयल्टी समेत प्राधिकरणले तिर्दै आएको छ । यो अमेरिकी डलरमा गरिएको अहिलेसम्मकै महँगो पिपिए हो ।
यसबाट खिम्ती विद्युत क्षेत्रमा आलोचित हुँदै पनि आएको छ । नेपालमा भएका जलविद्युत केन्द्रहरु नदी प्रवाहीमा आधारित छ । वर्षात्मा बढी हुने र हिउँदमा एक तिहाइ पनि उत्पादन हुन नसक्दा भारतबाट आयत गर्नुपर्ने बाध्यता छ ।
दिनमा पनि हाम्रो विद्युत माग विहान बेलुकी बढी छ । राती र दिउँसो विद्युत खेर पनि जान्छ । तर अर्धजलाशय आयोजना हुँदा दिनभर पानी जम्मा गरेर राख्ने र बढी माग भएको बेला विद्युत सञ्चालन गरेर माग र आपूर्ती सञ्चालन गर्ने हो । जुन निर्माणाधिन माथिल्लो तामाकोसी पनि यही प्रकृतिको हो । भएको पानीको उपयोग गरेर ऊसँग अब प्राधिकरणको अनुकुल क्षमता बढाएर पीपीए गराउँदा उपयुक्त नै हुन्छ ।

Shares

Be the first to comment on "खिम्तीको क्षमता बढेकै राम्रो"

Leave a comment

Your email address will not be published.


*