गौरीशंकर गाउँपालिकामा ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक विदा

ताजा समाचारको लागि फलो गर्नुहोस ।

फागुन १२, चरिकोट । उत्तरी दोलखाको गौरीशंकर गाउँपालिकामा फागुन १४ गते ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक विदाको दिने भएको छ ।

करिब २७ प्रतिशत शेर्पा जातिको बसोबास रहेको गौरीशंकर गाउँपालिकाले सोमबार विज्ञप्ती जारी गरी फागुन १४ गते ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक विदा दिएको हो । फागुन १४ गते शेर्पा जातिको ग्याल्पो ल्होसारमा सार्वजनिक विदा दिने निर्णय गरिएको गौरीशंकर गाउँपालिकाका निमित्त कार्यकारी प्रमुख लिलाराज पौडेलले जानकारी दिए ।

गाउँपालिकाले दिएको सार्वजनिक विदामा गाउँपालिका भित्रको सम्पूर्ण सरकारी कार्यालय तथा विद्यालयहरु बन्द रहने उनले बताए । दोलखा जिल्लाका स्थानीय तहले पर्व विशेषमा विदा दिएको यो पहिलोपटक हो ।

Shares

Dikshan Online TV

Be the first to comment on "गौरीशंकर गाउँपालिकामा ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक विदा"

Leave a comment

Your email address will not be published.


*