चरिकोट (दीस) –दोलखाको गौरीशंकर गाउँपालिकामा छहरामा नुहाउने क्रममा एक किशोरीकाे चिप्लेर ज्यान गएको छ ।चिप्लेर पालिकाको वडा नम्बर ३ स्थीत झयाकुकी बर्ष १४ की देबकी खत्रीको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख भेषराज रिजालले जानकारी दिए । दिउँसो २ बजेर २० मिनेटको समयमा सो वडाको हिलेपानी छहरामा नुहाउने क्रममा उनको छहरामा चिप्लेर मृत्यु भएको रिजालको भनाई रहेको छ । मृतकको शब पोष्र्टमाटमको लागि चरिकोट ल्याउँदै गरेको पनि प्रहरीले बताएको छ ।
गौरीशंकर गाउँपालिकामा छहरामा नुहाउने क्रममा चिप्लेर एकको किशोरी मृत्यु

Be the first to comment on "गौरीशंकर गाउँपालिकामा छहरामा नुहाउने क्रममा चिप्लेर एकको किशोरी मृत्यु"