घट्यो सुनको मूल्यः चाँदीको स्थिर

ताजा समाचारको लागि फलो गर्नुहोस ।

काठमाडौँ, २२ कात्तिक (रासस)ःसुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु तीन सयले घटेर रु ९४ हजार तोकिएको छ । सुन अघिल्लो दिन प्रतितोला रु ९४ हजार तीन सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार पाँच सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९३ हजार आठ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार एक सय ६५ कायम रहेको महासङ्घले जनाएको छ । —

Shares

Dikshan Online TV

Be the first to comment on "घट्यो सुनको मूल्यः चाँदीको स्थिर"

Leave a comment

Your email address will not be published.


*