चतुष्ठी लिङ्गपूजन गरिने

चरिकोट(दीस)ः सदरमुकाम स्थित पशुपतिनाथ मन्दिर मा चतुष्ठी लिङ्ग पुजन गरिने भएको छ । सोमबार पत्रकार सम्मेलनको आयोजनागरी सो कुराको जानकारी दिइएको हो । पशुपति मन्दिर संरक्षण समिति तथा बृहत् आद्यात्मिक परिषद् गोरखनाथ पीठ मृगस्थलीको संयुक्त आयोजनामा चैत ११ गतेदेखि १६ गते सम्म चतुष्ठी लिङ्गपुजन, पशुपति पुराण बाचन एवं हवन जस्ता धार्मिक कार्यक्रमको आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । भगवान शिवका अवतार मानिने गुरु गोरखनाथबाट संरक्षित देश नेपालमा रहने नेपाली नेपाली बीचमानै विद्वेस फैलदै गएको अवस्थामा विश्व शान्तिको कामना गर्दै यो कार्यक्रमको आयोजना गर्न लागिएको गोरखनाथ पीठसँग आवद्ध रहनु भएको ऋषिकेस जंग शाहले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

Shares

Dikshan Online TV

Be the first to comment on "चतुष्ठी लिङ्गपूजन गरिने"

Leave a comment

Your email address will not be published.


*