चरिकोटमा खुल्यो जेसीबीको नयाँ आउट लेट

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट– नेपालको लागि जेसीबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एम एडब्लु अर्थमुभर्सले दोलखाको चरिकोटमा आफ्नो ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ) सुरु गरेको छ । जेसीबीको नयाँ आउटलेटको आज वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले एक समारोह विच उद्धघाटन गरेका थिए । दोलखामा यसको आधिकारिक विक्रेता पहिले देखी नै आबस्यक महसुस भएको उनले बताए । विकास निर्माणको कामले तीव्रता पाएसँगै निर्माण व्यवसायीहरुलाई सहज र सुलभ सेवा दिनका लागि जेसीबीले आधिकारिक आउटलेट सुरु गरेको दोलखाका प्रबन्ध निर्देशक गणेश थापाले बताए । देसमा विकास निर्माणको कामतीव्र गतिमा भइरहेको छ । विकास निर्माण अब मानवले होइन मेसिनबाट मात्र सम्भव छ ।’ उनले भने । ‘वर्षौंदेखिको स्थापित ब्रान्ड भएकै कारणले हामीले जेसीबीको आउटलेट सुरु गरेका हौं । नेपालमै सबै भन्दा विश्वासिला ब्रान्डसँग आबद्ध हुन पाउँदा हामी गौरवान्वित छौं ।’अर्का व्यवसायि विमल अर्चायले बताए ।
यो सहित जेसीबीले नेपालमा १६ वटा ‘एआरओ’ स्थापना गरिसकेको छ । गल्छी, गोरखा, लहान, डडेलधुरा, अर्घाखाँची, प्युठान, भक्तपुर, पश्चिम रुकुम, सर्लाही सिन्धुली र बनेपामा यसअघि नै जेसीबीका आधिकारिक विक्री केन्द्र संचालन भइसकेका छन् । जेसीबीका मेसिनहरुको संख्या बढी रहेका नेपालका अन्य ग्रामिण क्षेत्रमा पनि ग्राहकलाई गुणस्तरीय ‘एफ्टरसेल्स सर्भिस’कालागि ‘एआरओ’ स्थापनागर्ने लक्ष्य राखेको जेसीबीका डिलर इन्चार्ज डिल्लिराम तिम्सिनाले बताए ।
नेपालको नम्बर १ ब्रान्ड जेसीबीका एस्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर र लोडअल लगायत उत्पादन बजारमा छन् । इन्धन कम खपत हुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट काम गर्ने भएका कारण यी मेसिनहरु लोकप्रिय छन् । पर्याप्त जनशक्ति र स्पेयर्सका कारण जेसी बीप्रतिको जनविश्वास बढ्दै गएको छ । जेसीबीले विक्रीलाई होइन विक्री पछिको सेवालाई जोड दिन्छ र यसकै कारण यो नेपालको हेभि इक्विपमेन्ट क्षेत्रमा नम्बर १ ब्रान्ड बनेको हो ।

 

Shares

Dikshan Online TV

Be the first to comment on "चरिकोटमा खुल्यो जेसीबीको नयाँ आउट लेट"

Leave a comment

Your email address will not be published.


*