चरिकोट (दीस) ः दोलखाको सदरमुकाम चरिकोटमा बजार अनुगमन गरिएको छ । अनुगमन सोमबार खाद्यान्न तथा किराना सामग्री पसलहरु तथा मंगलबार होटल व्यवसायमा अनुगमन गरिएको हो । चरिकोटमा अनुगमनको क्रममा म्याद सकिएका खाद्यन्न तथा पेय पदार्थ बिक्री वितरण गरिएको पाइएको नगरपालिकाका बजार निरीक्षण अधिकृत माधव प्रसाद सुवेदीले जानकारी दिनु भयो। उहाँका अनुसार नगरपालिकाले गरेको अनुगमनमा कोकाकोला, फेन्टा, स्प्राइट, ड्यु, पेप्सी जस्ता पेय पदार्थसहित चिउरा, मसला, चियापत्ति, पापड, पानीपूरी मसला जस्ता सामग्रीहरू म्याद गुज्रिएको अवस्थामा भेटिएको हो।अनुगमनमा पसलहरूमा व्यवसाय दर्ता नभएको, साइनबोर्ड र मूल्य सूची नराखिएको भेटिएको उहाँले बताउनु भयो । उद्योग बाणिज्य संघ दोलखाका अनुसार खाद्यान्न तथा किराना सामग्री पसलबाट रु २२ हजार ३६५ बराबरको सामग्री जफत गरी उक्त अखाद्य वा म्याद सकिएका सामग्रीहरु नष्ट गरिएको छ । त्यसैगरी होटल व्यवसायबाट म्याद गुज्रेका अखाद्य वस्तुहरू २१ हजार ८५५ मूल्य बराबरको जफत गरिएको जनाइएको छ । अनुगमनमा भीमश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेत , नगरपालिकाका कर्मचारी , उद्योग बाणिज्य कार्यालय दोलखाका प्रतिनिधी , चेम्बर अफ कर्मशका प्रतिनिधी , पत्रकार तथा सरोकारवाला निकायका प्रतिनिधीको सहभागिता रहेको थियो ।
चरिकोटमा गरियो बजार अनुगमन
Posted By: दीक्षण दैनिक ९ आश्विन २०८१, बुधबार १२:०८
२ माघ २०८१, बुधबार १८:३२
दोलखामा भोलिदेखिअन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिता हुने
२ माघ २०८१, बुधबार १९:४४
पूर्वाधार कार्यालय दोलखाद्वारा चालु आर्थिक बर्ष १ सय ३७ वटा पूर्वाधारका आयोजना सञ्चालनमा
२ माघ २०८१, बुधबार १९:२१
२०८१ माघ २ गतेको क्लिक गरेर Epaper पढ्नु होस
३ माघ २०८१, बिहीबार ११:३९
Be the first to comment on "चरिकोटमा गरियो बजार अनुगमन"