ईश्वर विश्वकर्मा ÷चरिकोट, –दोलखाको सदरमुकाम चरिकोटमा ‘योग गरौँः निरोगी रहौँ’ भन्ने नाराका साथ बिहिबारदेखि ६ दिने सह–योग शिक्षक प्रशिक्षण शिविर सुरु भएको छ। भीमेश्वर नगरपालिकाको सहयोगमा पतञ्जली योग समिति दोलखा, महिला पतञ्जली योग समिति र युवा नेपालको आयोजनामा प्रशिक्षण शिविर सुरु भएको हो । योगको महत्व, फाइदा र यसको विधिको जानकारी दिदैं योगाभ्यासमा आकर्षण बढाउने उद्देश्य शिविरबाट राखिएको छ। आयुर्वेद शिरोमणि आचार्य बालकृष्णको ५१ औं जन्मोत्सव, जडिबुटी दिवसको अवसरमा योग शिविरमा सञ्चालन गरिएको हो । शिविरको उद्ध्घाटन गर्दै जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानीले जीवनलाई सुव्यवस्थित बनाउन नियमित योगाभ्यास महत्वपूर्ण रहेको सुनाउनुभयो । उत्कृष्ट जीवनशैली र स्वस्थताको लागि योग अपरिहार्य रहेको उहाँको भनाइ थियो। उद्धघाटन समारोहमा प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा, भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वर नारायण मानन्धर लगायतले योगको महत्त्वको चर्चा गर्दै नियमित योग गर्न अनुरोध गरेका छन्। शिविरमा सहभागीहरुलाई महिला पतञ्जली योग समितिकी केन्द्रयि सह प्रभ्रारी अर्चना घिमिरे लगायतका योग गुरुहरुले प्रशिक्षण दिने छन् । शिविर प्रत्येक दिन बिहान ५ बजेदेखि ६ ः ४५ बजेसम्म सञ्चालन हुने छ ।
चरिकोटमा सह–योग शिविर सुरु

Posted By: दीक्षण दैनिक २२ श्रावण २०७९, आईतवार १५:४१

६ फाल्गुन २०८१, मंगलवार १९:५६
२०८१ फागुन ६ गतेको क्लिक गरेर Epaper पढ्नुहोस
६ फाल्गुन २०८१, मंगलवार २०:३०
तोलामा सात सयले बढ्यो सुनको मूल्य
६ फाल्गुन २०८१, मंगलवार २०:२९
Be the first to comment on "चरिकोटमा सह–योग शिविर सुरु"