चोरीमा बालकहरुको संलग्नता ,

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट – चोरी अभियोग दोलखा प्रहरीले सोमबार चार जनालाई पक्राउ ग¥यो । जसमा शृंलखलावद्ध चोरीको घटनामा पुनः कलिला बालक संलग्न भेटिएको छ ।
भीमेश्वर नगरपालिका ६ स्थित एकै दिन आधा दर्जन भन्दा बढि स्थानमा चोरी गर्ने कार्यमा संलग्न ४ जना बालक पक्राउ परेका हुन । दोलखा प्रहरीले जिल्लाको भिनपा ६ का विभिन्न ७ स्थानमा रड प्रयोग गरि घरको झ्याल ढोका फोडी पैसा, मोबाईल तथा गरगहना चोरी गर्ने कार्यमा संलग्न ४ बालकलाई पक्राउ गरेकोे छ । विगतमा चोरले दोलखामा सुन र नगदलाई निसाना बनाउने गरेका थिए । तर अहिले चोरीका घटना मोवाइल तथा नगदलाई चोरले निसाना बनाउने गरेको बयान दिएको पनि प्रमुख पाठकले बताए ।
आइतबार एकै दिन ७ स्थानमा चोरी भएको उजुरी प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई चरिकोट बजारबाटै नियन्त्रणमा लिएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक वासुदेव पाठकले जानकारी दिए । जिल्लामा केही समय शृंखलावद्ध चोरीको घटनमा कमि आएपनि पुनः एकै दिन ७ स्थानमा चोरी भएको घटनाले दोलखा प्रहरी समेत चकित परेको छ । एकै दिन ७ स्थानमा चोरी हुनु त्यो पनि स–सना बालकले प्रोफेशनल चोरले जस्तै चोरी गरेको देख्दा प्रहरी समेत अचम्ममा परेको डिएसपी पाठकले बताए । घटना लगत्तै व्यापक प्रहरी परिचालन गरिएपछि हुलियाको आधारमा ती बालकहरुलाई पक्राउ गरिएको उनले जानकारी दिए । सुरुमा ३ जनालाई पक्राउ गरिएकोमा उनीहरुकै जानकारीका आधारमा थप एक जना बालकलाई पनि पक्राउ गरिएको दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक मावध प्रसाद काफ्लेले जानकारी दिए । पक्राउ पर्नेमा १० देखि १४ वर्ष उमेर समुहका बालक रहेका छन् । प्रहरीले उनीहरुको साथबाट चोरी गरेको नगद तथा मोबाईल पनि बरामद गरेको छ ।

Shares

Dikshan Online TV

Be the first to comment on "चोरीमा बालकहरुको संलग्नता ,"

Leave a comment

Your email address will not be published.


*