जिरेललाई “प्रदेशद्रष्टा” पदक

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, असार ३०
दोलखाको जिरी नगरपालिकाका पर्यटन व्यवसायी केशरबहादुर जिरेलले बिहीबार “प्रदेशद्रष्टा” पदक पाउनुभएको छ । जिरी बजारमा होटल व्यवसाय सञ्चालन गर्दै आउनुभएका जिरेललाई पर्यटन क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको भन्दै बागमती प्रदेश सरकारले पदक सहित सम्मान गरेको हो । उहाँलाई बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले एक समारोहका बीच पदक सहित सम्मान पत्र प्रदान गरी सम्मान गर्नुभएको छ । पर्यटन क्षेत्रमा दिएको योगदानको कदर गर्दै जिरेललाई पदक प्रदान गर्ने बागमती प्रदेश सरकारले सम्मान र पदकको गरिमा कायम गरी प्रदेशको थप गौरव बढाउन अनुरोध गरेको छ ।

Shares

Dikshan Online TV

Be the first to comment on "जिरेललाई “प्रदेशद्रष्टा” पदक"

Leave a comment

Your email address will not be published.


*