जिल्ला अदालत दोलखाद्धारा एक बर्ष भित्र मुद्धा फस्र्योट गर्ने लक्ष्य

ताजा समाचारको लागि फलो गर्नुहोस ।

बाबुराम शर्मा (चरिकोट) –दोलखा जिल्ला अदालतले एक वर्षभित्र मुद्दा फस्र्योट गर्ने भएको छ । अदालतले वार्षिक कार्ययोजना निर्माण गरी दर्ता भएका मुद्दाहरु एक वर्षभित्र फस्र्योट गर्ने लक्ष्य लिएको हो । चरिकोटमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठले अदालतका कामकारबाहीहरु ढिला हुने भन्ने मानसिकतालाई बदलेर छिटोछरितो न्याय दिन मुद्दाहरु एक वर्षभित्र फस्र्योट गर्ने लक्ष्य लिइएको बताउनु भयो ।अदालतका श्रेस्तेदार शिवकुमार पोखरेलले लक्ष्यलाई सफल बनाएर कार्यान्वयन गर्न र जनमानससम्म सन्देश पु–याउन नेपाल बार एसोसियसन, पत्रकार, मेलमिलापकर्ता, समाजसेवी, बाल इजलास पदाधिकारी,मनो विज्ञानवेत्तासमेतसँग सम्बन्ध प्रगाढ बनाएर अघि बढ्न अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरिएको बताउनु भयो । “अदालतलाई लाग्ने गरेको आरोप दण्ड सजाय दिने थलोलाई रुपान्तरण गरी न्याय दिने थलो बनाउन रणनीतिक योजनाहरु बनेका छन् । यही योजनाका आधारमा निर्माण गरिएको वार्षिक कार्ययोजना अनुसार निर्धारण गरिएको २६४ दिनमा ६४३ वटा मुद्दा फस्र्योट गर्ने लक्ष्य राखिएको छ ।” पोखरेलले भन्नु भयो । “ लक्ष्य अनुसार साउन महिनामा छ महिनाभित्रका १०, ६–१२ महिनाभित्रका सात, १२–१८ महिनाका पाँच र १८ महिना नाघेका आठ गरी ३० वटा मुद्दा फस्र्योट भइसकेका छन् । छ महिनाभित्रका १९७, ६–१२ महिनाका ६४, १२–१८ महिनाका ५२ र १८ महिना नाघेका ४७ गरी ३६० वटा मुद्दा फस्र्योट हुन बाँकी रहेका छन् । ”अदालतको अभिलेख अनुसार साउन महिनासम्म ४०२ वर्ष १० महिना ११ दिन कैद र १८ करोड पाँच लाख ६७ हजार ६१५ रुपियाँ जरिवाना फस्र्योट हुन बाँकी रहेको देखिएको छ ।

Shares

Be the first to comment on "जिल्ला अदालत दोलखाद्धारा एक बर्ष भित्र मुद्धा फस्र्योट गर्ने लक्ष्य"

Leave a comment

Your email address will not be published.


*