जिल्ला प्रतिनिधि सभा सम्पन्न

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट(दीस)ः नेपाल शिक्षक संघ, दोलखाको जिल्ला प्रतिनिधि सभा सम्पन्न भएको छ । २५ औं शनिवार संघको प्रतिनिधि सभा सदरमुकाम चरिकोटमा सम्पन्न भएको हो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयवाबु शिवाकोटीको प्रमुख आतिथ्यतामा तथा संघका उपाध्यक्ष गिताकृष्ण शर्माको सभापतित्वमा प्रतिनिधि सभा सम्पन्न भएको हो । प्रतिनिधि सभामा संघको प्रगति प्रतिवेदन सचिव राजेश बस्नेत तथा आर्थिक प्रतिवेदन अर्थ सचिव शम्भु सुवेदीले प्रस्तुत गर्नु भएको थियो । उद्घाटन शत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले आफ्नो पेशागत सुरक्षाका सवालका साथै देशका शैक्षिक स्तर उकास्न शिक्षकहरु लाग्नु पर्ने बताउनु भएको थियो । भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धरले शिक्षकको मुख्य दायित्व पढाउने भएकोले सो जिम्मेवारी पूरा गर्न आग्रह गर्नु भयो । कार्यक्रमलाई कालिन्चोक गाउँपालिका अध्यक्ष एवं नेका उपसभापती अर्जुनप्रसाद शिवाकोटी, संघीय उपमहासचिव गीता शिवाकोटी लगायतले सम्बोधन गर्नु भएको थियो ।

Shares

Be the first to comment on "जिल्ला प्रतिनिधि सभा सम्पन्न"

Leave a comment

Your email address will not be published.


*