जिल्ला प्रशासन कार्यालय दोलखाले गत आर्थिक वर्ष भ्रष्टाचार सम्बन्धी नौ वटाको उजुरी फस्र्योट

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार÷ चरिकोट,–जिल्ला प्रशासन कार्यालय दोलखाले गत आर्थिक वर्ष २०७८÷७९ मा सम्पादन भएका कार्य प्रगति विवरण सार्वजनिक गरेको छ । कार्यालयले सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम कार्य प्रगति विवरण सार्वजनिक गरेको हो । सूचनामैत्री रहेको प्रत्याभूतिका लागि कार्यालयले प्रत्येक वर्षको कार्य प्रगति विवरण सार्वजनिक गर्दै आएको छ । कार्यालयले आफ्नो वेबसाइटमार्फत नागरिकलाई सूचना तथा जानकारी दिने र सेवा प्रवाहलाई थप प्रभावकारी तथा सहज बनाउने उद्धेश्य सहित वडापत्र सहितको विवरण सार्वजनिक गरेको हो । सार्वजनिक विवरण अनुसार गत वर्ष चालु तर्फ १ करोड ८२ लाख ५७ हजार ५०० सय रुपैयाँ कुल बजेट रहेकोमा एक करोड ६१ लाख ६२ हजार ६ सय ३१ रुपैयाँ खर्च भएको छ । पुँजिगत तर्फ १० लाख ८० हजार बजेट विनियोजन भएकोमा नौ लाख ७१ हजार रुपैयाँ खर्च भएको छ । कार्यालले गत आर्थिक वर्ष दुई करोड ८३ लाख ९५ हजार रुपैयाँ राजस्व असुल गरेको छ । राजस्वका छ वटा स्रोत मध्ये सबैभन्दा बढी राहदानीबाट दुई करोड ७१ लाख ३७ हजार ८ सय ४० रुपैयाँ राजस्व संकलन भएको छ । त्यसैगरी अन्य प्रशासनिक सेवा शुल्क संघसंस्थाबाट ३० हजार ६ हजार ५ सय ८१ रुपैयाँ, हातहतियार इजाजत पत्र नविकरण दस्तुरबाट ४० हजार ६ सय, न्यायिक दण्ड जरिवाना र जफतबाट एक लाख ६० हजार र परीक्षा शूल्कबाट नौ हजार ४ सय रुपैयाँ राजस्व असुल भएको छ । कार्यालयमा दर्ता भएका अनियमितिता र तथा भ्रष्टाचार सम्बन्धी १२ वटा उजुरी मध्ये नौ वटाको फस्र्योट भएको र तीन वटा प्रक्रियामा रहेका छन् । कार्यालयमा दर्ता भएको ठाडो उजुरी र गुनासोको सबै फस्र्योट भएको छ । गत वर्ष ५३ वटा गुनासो दर्ता भएकोमा सबै फस्र्योट भएको हो । कार्यालयमा २०७७÷०७८ बाट जिम्मेवारी सरी आउका ७८ र नयाँ दर्ता भएका आठ वटा गरी ८६ वटा मुद्धा दर्ता भएकोमा नौ वटाको फैसला भएको र ७७ वटा प्रक्रियामा रहेको कार्यालयका सूचना अधिकारी औलख आलेले बताउनुभयो । गत आर्थिक वर्ष ८ हजार ६३ वटा राहदानी वितरण गरिएको छ । जसमा साधारण छ हजार ८४ र द्रुत राहदानी एक हजार ९ सय ७९ वटा रहेको छ । कार्यालयका अनुसार वंशजको आधारमा छ हजार ६ सय ६७, बैवाहिक अंगिकृत ७ वटा नागरिकता वितरण गरिएको छ । त्यसैगरी पाँच हजार ८ सय ८२ वटा प्रतिलिपी नागरिकता प्रदान गरिएको छ । एक सय ४६ वटा नावालक परिचयपत्र वितरण गरिएको छ । गत आर्थिक वर्ष चार हजार १७ महिला र सात हजार ७ सय ४२ पुरुष गरी ११ हजार ७ सय ५९ जनाले कार्यालयबाट राष्ट्रिय परिचयपत्रको लागि बैयक्तिक तथा जैविक विवरण पेश गरेका छन् । एक सय ४६ वटा संघसंस्था नविकरण भएको छ । १५ वटा हतियार र २१ वटा विष्फोटक पदार्थको इजाजत नविकरण गरिएको विवरणमा सूचना अधिकारी आलेले बताउनुभयो । उहाँका अनुसार आगलागीबाट पूर्ण रुपमा घर क्षति भएका आठ घर परिवारलाई एक लाख पाँच हजार रुपैयाँ राहत स्वरुप वितरण गरिएको छ । कार्यालयले जिल्लामा शान्ति सुरक्षालाई भरपर्दाे र विश्वासनीय बनाउन, सेवा प्रवाहलाई सहज, सहज र सुशासनयुक्त बनाउन, विकास निर्माणमा समन्वय गर्न र नागरिकको गुनासा र पीर मर्काकाहरुको सुनुवाइका लागि प्रतिबद्ध रहेको जनाएको छ ।

Shares

Dikshan Online TV

Be the first to comment on "जिल्ला प्रशासन कार्यालय दोलखाले गत आर्थिक वर्ष भ्रष्टाचार सम्बन्धी नौ वटाको उजुरी फस्र्योट"

Leave a comment

Your email address will not be published.


*