चरिकोट (दीस) – जिल्ला सहकारी संघ दोलखाले नेपाल प्रहरी र नेपाल पत्रकार महासंघ दोलखा शाखालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ। संघले जिल्ला प्रहरी कार्यालयलाई ३३ सय पिस मास्क र सेनिटाइजर ४ सय पन्जा र नेपाल पत्रकार महासंघ दोलखालाई २ सय पिस मास्क ५ सेट पिपिइ , सेनिटाइजर, १ सय पिस पन्जा लगायतका स्वास्थ्य सामाग्री सहयोग गरेको हो।स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै सहकारि संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाईंले फ्रन्ट लाइनका खटिने सुरक्षाकर्मी र सन्चारकर्मीको सुरक्षाका लागि स्वास्थ्य सामाग्री सहयोग गरिएको बताए । आबश्यक परे सुरक्षाकर्मी र सन्चारकर्मीलाई थप सहयोग गर्न सहकारी संघ तयार रहेको अध्यक्ष चौलागाईंले बताए। सामाग्री बुझ्दै दोलखाका प्रहरी प्रमुख भेषराज रिजालले सहकारी संघलाई धन्यवाद दिएका थिए। त्यस्तै नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दिपशङकर चौलागाईंले सहकारीले स्वास्थ्य सामाग्री सहयोग गरेकोमा संघलाई धन्यवाद दिदै खुसी व्यक्त गरेका थिए।
जिल्ला सहकारी संघद्धारा प्रहरी र पत्रकार महासंघ दोलखालाई स्वास्थ्य सामाग्री सहयोग

Be the first to comment on "जिल्ला सहकारी संघद्धारा प्रहरी र पत्रकार महासंघ दोलखालाई स्वास्थ्य सामाग्री सहयोग"