जिसस दोलखामा तीन दलीय गठबन्धनकाे जित

ताजा समाचारको लागि फलो गर्नुहोस ।


ईश्वर बिश्वकर्मा
चरिकोट, असार १
दोलखाको जिल्ला समन्वय समितिकाे निर्वाचनमा तीन दलीय गठबन्धनको प्यानलै विजयी भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी सहितको गठबन्धनले एमालेलाई पराजित गरी जिससमा विजयी हासिल गरेको हो । प्रमुखमा गठबन्धनका साझा उम्मेद्वार बर्जुराम घतानी विजयी हुनुभएको छ । माओवादी केन्द्रका उम्मेदवार घतानीले एमालेका उम्मेदवार ऋषिकेश उप्रेतीलाई पराजित गर्नुभएको हो । त्यसैगरी उपप्रमुखमा गठबन्धनको साझा उम्मेदवार दोर्जी शेर्पा विजयी हुनुभएको छ । उहाँसँग एमालेका गोमा केसी प्रतिस्पर्धामा हुनुहुन्थ्यो । सदस्यहरुमा नेपाली काँग्रेसका उम्मेदवारहरु कृष्ण श्रेष्ठ, कल्पना थामी, अनिल तमाङ, निलम ठकुरी, मेनुका चौंलागाई, सन्तेन्जु शेर्पा र टसि शेर्पा विजयी हुनुभएकाे छ । बुधबार बिहान १० बजेदेखि सुरु भएको मतदानमा नौ वटै पालिकाका अध्यक्ष एवं प्रमुख र उपाध्यक्ष एवं उपप्रमुख सहभागी भई मतदान गरेका थिए । मतदान लगत्तै मतगणना सुरु भएको थियो ।

Shares

Dikshan Online TV

Be the first to comment on "जिसस दोलखामा तीन दलीय गठबन्धनकाे जित"

Leave a comment

Your email address will not be published.


*