जीवन जिउने सवैको आ आफ्नै तरिका

लेखक आर्ट अफ लिभिङ  नब चेतना बाल चेतना प्रशिक्षक समेत हुन ।

ताजा समाचारको लागि फलो गर्नुहोस ।

जीवन जिउने सवैको आ आफ्नै तरिका हुन्छ, कतिपयले जिन्दगीलाई हर्ष उल्लासका साथ बिताइदिन्छ्न भने कोहि जिन्दगिभरी रोइरहन्छन । सबैको आफ्नो आफ्नो चाहाना हुन्छ, जीवन यस्तो होस भन्ने कामना हुन्छ, मान्छे आफ्नो जिन्दगीमा दु:खद समय कहिलेपनी नआओस भनेर कामना गरिरहन्छ, त्यसैको लागि कति मेहनत गर्छ, पैसा कमाँउछ । साथिभाई इस्टमित्र तथा अन्य असल मान्छेको संगत गर्छ । त्यतिले मात्र नपुगेर विभिन्न मठ मन्दिरमा धाउनुको साथै पुजा अर्चना,दान, भेटी, नैबेद, तथा विभिन्न पशुपन्क्षीको बलि चढाउने समेत गरिरहेको हुन्छ यो सबै आफ्नो सुखको लागि हो आत्म सन्तुष्टिको लागि हो । तर के मानिसले बास्तवमै यी माथी उल्लेखित कार्यहरु गरेर सुख प्राप्ति गरिरहेको छ त ? के दु:ख मेटिएको छ त ? के मन शान्ती भएको छ त ? अहँ पटक्कै छैन । जति गरेपनि मानिसले खुसी भेट्नै सकेको छैन । उसो भए खुसि कसरी हुने त अब महत्त्वपूर्ण प्रश्न यहि हुन आँउछ, खुसी हुनलाई के गर्नु पर्छ, कस्ता कुराले मान्छेलाई दिगो खुसी मिल्छ यस्ता प्रश्नको उत्तर खोज्नु जरुरी हुन्छ ।

एउटा सानो बालकलाई बाबू खुसी कहाँ हुन्छ भनेर सोध्यो भने उसले के जवाफ देला ? पक्कै पनि मनमा भनेर जवाफ दिन्छ । अनि दु:ख कहाँ हुन्छ भनेर सोध्नुस उसको जवाफ फेरि पनि मनमा भन्नेनै हुन्छ । हो वास्तवमै खुसी र दुख भन्ने कुरा मान्छेको मनमा हुने हो । शरीरका अन्य अंग चोटले दुख्छन, तर मन चोटले दुखित हुन्छ । सबभन्दा पहिला दुख्नु र दु:ख फरक कुरा भन्ने बुझ्न जरुरी हुन्छ । त्यस्तै सुख वा खुसि शरिरका अरु अंगले अनुभूति गर्न पाँउदैनन त्यसको सम्पुर्ण अधिकार मनमा निहित हुन्छ । मनलाई सन्तुलनमा राख्न सके मात्र दु:ख घटाउन सकिन्छ अन्यथा जति मठमन्दिर धाए पनि त्यो सिसिफस हुन जान्छ । त्यसकारण मन संतुलित गर्न सक्नुनै सबैभन्दा ठूलो खुसी हुने कारण हुन सक्छ ।
मानिस कसरी खुसी हुन सक्छ भनेर विभिन्न विद्वानले विभिन्न थरी किताब लेखेका छन । पत्रपत्रिकामा हरेक दिन जसो खुसी हुने तरिकाहरु भनेर लेख रचना प्रकाशित भइरहेका हुन्छन । त्यस्तै केहि योग गुरुहरु निरन्तरको योग अभ्यासले मानिसलाई दिगो सुख दिन्छ भन्ने अभिमत राख्छन । केही योग गुरुहरुको तर्क निरन्तरको ध्यानले खुसी मिल्छ भन्नेमा छ । साधना, सेवा र सत्संगमा सबैभन्दा सुख छ भन्ने गुरुहरु पनि भेटिन्छन । महा मानव गौतम बुद्धले पनि ध्यान र सेवाबाट सुख प्राप्त गर्न सकिने कुरा औल्याएका छन । बास्तवमा सुख के मा छ् त भन्दा सुख यिनै विद्वानहरुले भनेको जस्तै निरन्तर स्वाध्यान(पढेको कुरा ब्यबहारमा लागू गर्नु) निरन्तर योग, निरन्तर ध्यान, निरन्तर कर्म, निरन्तर सेवा र निरन्तर सत्संग यति कुरामानै छ । यति कुरा बाहेक अन्त कतै जानै पर्दैन खुसी खोज्न । यसमा दत्तचित्त हुन सकेमा कसैले पनि दुखित हुनु पर्दैन ।
यहाँ आज हामी जीवन जिउने कलाको बारेमा चर्चा गर्छौ । कसरी खुसी हुन सकिन्छ भन्ने बारेमा छलफल गर्छौं । योगगुरु रामदेवले योगाको माध्यमबाट आज संसार भरी सुख फैलाउँन सफल भएका छन । देख्नेले रामदेवको योगा कलालाई ब्यापार देख्लान तर जो उनको योगा विधि सिकेर आफुलाई परिवर्तन गरि सुख हात पार्न सफल भएका छन तिनिहरुको लागि रामदेव भवगान समान छन । त्यस्तै श्री श्री रविशंकरले आफ्नो ध्यानकलालाई आर्ट अफ लिभिङ भन्दै आज बिश्वका १५६ देशमा फैलाउन सफल भएका छन । तिनै रविशंकरले खुसि हुन के गर्न सकिन्छ अर्थात जीवन जिउने कलाभित्र के के कुरा पर्दछ भनेर आफ्ना बिचार ब्यक्त गरेका छन । उनले जीवन जिउने कलामा जम्मा पाँच वटा कुरा रहने उल्लेख्य गरेका छन । ती पाँच वटा कुरा बिचार गर्न सकेमा मान्छेको जिवनमा सधैं खुसी हात लाग्ने उनको अभिमत रहेको छ । तिनी गुरु श्री श्री रविशंकरले उल्लेख गरेका पाँच कुराहरु यहाँ चर्चा गरिएको छ ।
श्री श्री रविशंकरका अनुसार जिन्दगीमा सुख आउँछ दु:ख आउँछ यो निरन्तर चलिरहन्छ यसको कुनै अत्यको सिमा छैन यस्तो परिस्थितिमा मनलाई समाल्न सक्नुनै जीवन जिउने कलाको पहिलो कुरा हो । सधैँ सुख मात्र हुन्न अनि सँधै दुख मात्र पनि हुन्न यी त केवल केहिछिनका पाउना हुन आउने र जाने निरन्तर चल्ने प्रक्रिया हुन । बिरोधात्मक परिस्थिति आइरहन्छन् कहिले सुख कहिले दुख, कहिले हाँसो कहिले रोदन, कहिले धन कहिले ऋण, कहिले सफलता कहिले असफलता अनि कहिले माथी कहिले तल । यस्तो अवस्थामा मनलाई आफै भित्र टुट्न नदिनु सबैभन्दा महत्त्वपूर्ण कला हुन आउँछ । यदि खराब परिस्थितिबाट मननै टुट्यो भने त्यस भन्दा अगाडी सबै अन्धकार देखिन्छ, जीवन मार्ग झन कठिन बनिदिन्छ । त्यसकारण सबैभन्दा महत्त्वपूर्ण कुरा जस्तोसुकै परिस्थिति आए पनि आफ्नो मनलाई सन्तुलनमा राख्न सक्नु पर्यो । मन समाल्न सक्नुनै जीवन जिउने कलाको सबैभन्दा महत्त्वपूर्ण कुरा हो ।
जीवन जिउने कलाको दोश्रो महत्त्वपूर्ण कुरा के हो भने जो ब्यक्ति जस्तो छ उसलाई उस्तै स्विकार गरौं । हामी सोच्छौं कि हरेक ब्यक्ती म जस्तै होस तर यो संभव छ र ? विश्वमा करिव सात अर्ब भन्दा बढि मानिस छन यी हरेक मानिशको बानी बेहोरा अर्को मानिस संग मिल्दैन । सबैको आ आफ्नै तरिका हुन्छ । सासू आमा चाहानु हुन्छ बुहारी म जस्तै होस, बुबा चाहानु हुन्छ छोरा म जस्तै होस, साथीभाइ चाहान्छन साथी आफू जस्तै होस तर यो संभव कुरा होइन यदि संभव गराउन खोजियो भने त्यहाँ संघर्स सुरु हुन्छ परिस्थिति झन खराव हुन पुग्छ । त्यसकारण सबैलाई अघि बढ्नको लागि समय दिउ कसैलाई नरोकौं उनिहरु आफ्नै गतिले अगाडि बढ्दै जान्छन । मात्र हामी स्विकार्दै जाँउ । यसरी जो जस्तो छ त्यस्तै स्वीकार गर्नुनै जीवन जिउने कलाको अर्को महत्त्वपूर्ण कुरा हो ।
जीवन जिउने कलाको तेस्रो महत्त्वपूर्ण कुरा के हो भने अरुले आफ्नो बारेमा के सोचिरहेका छ्न भनेर कहिले पनि चिन्ता नगर्नुस । दुनियाँमा सबैको आ आफ्नै सोच हुन्छ र सोच्ने अलग अलग ढंग हुन्छ । त्यो मान्छेले मलाई यसो भन्यो भनेर चिन्ताग्रस्त हुनु बेकार छ । उसले तपाईंलाई खराब भन्छ भने उ खराब छ किनकि तपाईंलाई थाहा छ तपाईं कति असल हुनुन्छ भनेर । त्यसकारण अरुले आफ्नो बारेमा नराम्रो भन्यो भनेर दुखी हुनु बेकारको कुरा सिबाय अरु केही हैन । जे जे भन्छन भन्न दिनुस चिन्ता नगर्नुस । आफ्नो मनलाई अरुको फुटबल नबनाउनुस । समय बर्बाद नपार्नुस ।
जब हामी बाट भुल हुन्छ नि यसबेला हामी भुल भयो के गरौं भनेर अपशोच गर्छौं तर त्यै भुल अरुले गरेमा उसले जानी जानी त्यो भुल गरेको भन्ठाँन्छौ र हामी रिसाँउछौं, आफुले गर्दा चाहिँ भुल अरुले गर्दा चाहिँ हेलचेक्राइ देख्ने बानी हटाउनु जीवन जिउने कलाको चौथो महत्वपूर्ण कुरा हो । अरुको भुलमा क्षमा दिनुनै सबैभन्दा ठूलो कुरा यो । यो नसोच्नुस कि माफ माग्न आउँछ अनि माँफी दिँउला, यस्तो पटक्कै हैन उ माफी माग्न आओस या नआओस उसलाई माफ दिनुस मन हल्का हुन्छ । अरुको गल्तिको कारण खोजेर बेकारमा मन भारी बनाएर बस्नु आफैमाथी तनाव थप्नु बाहेक अरु केही हैन । त्यसकारण क्षमादान दिने कुरा निकै महत्वपुर्ण छ । अरुको गल्तिमा क्षमा दिने बानिको बिकास गरौं हैन भने त्यही ब्यक्ति तपाईंको मस्तिष्कमा बस्नेछ र रातदिन तपाईंको दिमाग चाटिरहनेछ बरु समयमै माफ दिएर उसलाई मनबाट हटाएर दिमाग खाली गराउनुहोस । जीवन जिउने कलाको पाँचौ महत्त्वपूर्ण कुरा भनेको वर्तमानमा जिउनु हो । बितेको समय र भोलि के होला भनेर चिन्तित हुनु मुर्खता सिबाय अरु केही हैन । त्यसकारण अहिले भर्खरै जे छ त्यसमा रमाउन सिक्नु पर्छ । बितेको समयलाई पोष्टमार्टम गरेर बस्नुको कुनै उपलब्धि छैन । अनुसन्धानका अनुसार करिब ७०-८०% मानिशहरु बितेको समयलाई लिएर त्यसको बारेमा अनुसन्धान गरेर बस्छन । यस्तो किन भयो ? कसरी भयो ? कसले गर्यो ? इत्यादि सोच्दा सोच्दै समय र पैसाको लगानी चुर्लुम्म भएको मेसो पाँउदैनन त्यसकारण यि सबै फोकट छ्न । बितेको समयलाई छानबिन गरेर बर्तमानलाई खल्लो नबनाउनुस । बिगतलाई बिर्सिने कोसिस गर्नुस । बर्तमानमा रमाउनुस । हिजो सम्झेर पछुताउनु या फेरि दुखित हुनुमा केही उपलब्धि छैन । बितेको समयबाट त पाठ सिक्ने हो अब त्यस्ता गल्ती नदोहोर्‍याउने प्रण गर्ने हो ।
यसरी श्री श्री रविशंकरले जीवन जिउने कलालाई पाँच कुरामा समेटेका छ्न । के यी सबै कुरा ब्यबहारमा लागू गर्न संभव छ त भन्ने प्रश्नमा रविशंकर भन्छ्न संभव छ तर त्यसको लागि निरन्तर प्राणयम, सुदर्शन क्रीया, सहज समाधी, ध्यान र योगको जरुरत हुन्छ । त्यस्तै ध्यान, सेवा र सत्संगले यी सबै कुरालाई संभव बनाउने रविशंकरको जिकिर छ ।
त्यसैले हामी सबैले खुसि खोज्ने हो भने हाम्रो चन्चल मनलाई स्थिर राख्न सक्नु पर्दछ । मननै खुसी र दुखको कारण हो भन्ने थाहा पाइसकेपछी अब किन बिलम्ब गर्नु । त्यस्तै खुसी हुने अन्य कुराहरुपनी हुन सक्छन् जस्तै आत्मा सम्मान हुने किसिमको काम, असल पारिवारिक सम्बन्ध, नियमित यात्रा तथा भ्रमण, साथी भाइ जमघट, चलचित्र तथा किताब बाट हुने मनोरंजन आदि । यी साना साना कुराले पनि खुसीहरु जोड्न महत्त्वपूर्ण भुमिका खेल्ने गरेको हुन्छ । खुसी हरु जोडिएर नै सुख हुने भएकाले माथि उल्लेखित कुरालाई पनि ध्यान पुर्याउनु जरुरी हुन्छ तर दिगो खुसी र दिव्य सुख मिल्ने उपाय भनेको ध्यान, सेवा र सत्संग नै हो ।
त्यसैले हामी सबैले खुसि खोज्ने हो भने हाम्रो चन्चल मनलाई स्थिर राख्न सक्नु पर्दछ । मननै खुसी र दुखको कारण हो भन्ने थाहा पाइसकेपछी अब किन बिलम्ब गर्नु । त्यस्तै खुसी हुने अन्य कुराहरुपनी हुन सक्छन् जस्तै आत्मा सम्मान हुने किसिमको काम, असल पारिवारिक सम्बन्ध, नियमित यात्रा तथा भ्रमण, साथी भाइ जमघट, चलचित्र तथा किताब बाट हुने मनोरंजन आदि । यी साना साना कुराले पनि खुसीहरु जोड्न महत्त्वपूर्ण भुमिका खेल्ने गरेको हुन्छ । खुसी हरु जोडिएर नै सुख हुने भएकाले माथि उल्लेखित कुरालाई पनि ध्यान पुर्याउनु जरुरी हुन्छ तर दिगो खुसी र दिव्य सुख मिल्ने उपाय भनेको ध्यान, सेवा र सत्संग नै हो ।
लेखक आर्ट अफ लिभिङ  नब चेतना बाल चेतना प्रशिक्षक समेत हुन ।
Shares

Be the first to comment on "जीवन जिउने सवैको आ आफ्नै तरिका"

Leave a comment

Your email address will not be published.


*