जेष्ठ नागरिकलाई गाउँपालिकाको न्यानो उपहार

ताजा समाचारको लागि फलो गर्नुहोस ।

शेरबहादुर भुजेल
पवटी–जिल्लाको मेलुङ गाउँपालिकाले आफ्नो वडाका सबै जेष्ठ नागरिकहरुलाई न्यानो वितरण गरेको छ ।
जाडोको समयमा जेष्ठ नागरिकहरुलाई सहज होस् भनेर गाउँपालिकाले ८० वर्ष पुगेका जेष्ठ नागरिकलाई एक थान ओढ्ने ब्लाङकेट वितरण गरेको हो । गाउँपालिकाका सात वटै वडाका जेष्ठ नागरिकलाई उपहार स्वरुप ब्लाङकेट वितरण गर्नुका साथै सम्मान समेत गरिएको थियो ।
मंगलबार गाउँपालिकाको वडा नम्बर १ पवटीमा आयोजित न्यानो वितरण कार्यक्रममा करिव एक सय जेष्ठ नागरिकलाई ब्लाङकेट विरतण गरिएको थियो । वडा कार्यालय पवटी, सिम्टे, भंगेरी र दियालेखर्क स्थित टोल टोलमै पुगेर जेष्ठ नागरिकलाई न्यानो वितरण गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठ सहित, उपाध्यक्ष कल्पना भण्डारी, वडा नम्बर १ का वडा अध्यक्ष ईश्वर कोइराला, सामाजिक विकास शाखा प्रमुख तथा वडा नम्बर ३ का वडा अध्यक्ष हिरा थोकर र वडा नम्बर ७ का अध्यक्ष नवराज खड्का, गाउँ कार्यपालिका सदस्य सविना भण्डारी लगायतले जेष्ठ नागरिकलाई न्यानो वितरण गर्नु भएको थियो । सोही अवसरमा टोल टोलमै पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरी आवश्यक औषधी समेत वितरण गरीएको थियो ।
सोही दिन पवटीका घर पालुवा कुकुरहरुलाई रेजिबविरुद्धको खोप समेत लगाईएको छ । एकिकृत कार्यक्रम मार्फत नागरिकलाई घरदैलोमा सम्म एकै पटक सेवादिने उद्धेश्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठले बताए ।

Shares

Dikshan Online TV

Be the first to comment on "जेष्ठ नागरिकलाई गाउँपालिकाको न्यानो उपहार"

Leave a comment

Your email address will not be published.


*