चरिकोट (दीस) ः नेपाली कांग्रेस कालिन्चोक गाउँपालिका वडा नं. ९ सुन्द्रावती वडा समितिले जेष्ठ नागरिकहरूलाई सम्मान गरेको छ। वडादशै र दीपावलीको अवसरमा पार्टी भित्र लामो समयदेखि काम गर्दै आएका वडा भित्रका १ सय ५० जना जेष्ठ नागरिकहरूलाई सोमबार सम्मान गरेको हो । नेपाली कांग्रेस दोलखाका पार्टी सभापति बर्मा लामाले जेष्ठ नागरिकहरूलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो । नेपाली कांग्रेस सबैभन्दा ठूलो समाजवादी–लोकतान्त्रिक दल भएकोले जेष्ठ नागरिकहरूको हक, अधिकार र सुरक्षाका लागि निरन्तर क्रियाशील आफु क्रियाशिल रहने बताउनु भयो । सम्मान प्राप्त गरेका जेष्ठ नागरिक आइतमान थामीले नेपाली कांग्रेसले ढिलै भए पनि जेष्ठ नागरिकहरूलाई सम्झेर सकारात्मक कार्यको सुरुवात गरेकोमा खुशी व्यक्त गर्नु भएको थियो । नेपाली काङ्ग्रेस वडा समिति सुन्द्रावतिका सभापति राजन पकुवालको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी नेपाली काङ्ग्रेस दोलखाका पार्टी सभापति बर्मा लामा ,नेपाली काङ्ग्रेस दोलखाका पार्टी उपसभापति एबम कालिन्चोक गाउँपालिकाका अध्यक्ष अर्जुन प्रसाद सिवाकोटी , नेपाली काङ्ग्रेस बाग्मती प्रदेश सदस्य कल्पना खड्का ,काङ्ग्रेस नेता तारा खड्का ,नेपाली काङ्ग्रेस दोलखाका नेता जयराम श्रेष्ठ ,नेपाली काङ्ग्रेस दोलखाका पुर्ब पार्टी सचिव बालकृष्ण आचार्य ( सुर्य ) नेपाली काङ्ग्रेस कालिन्चोक गाउपालीका सभापति सन्जिप पाण्डे , नेपाली काङ्ग्रेस दोलखाका नेता एबम् खेलकुद बिभाग प्रमुख पदम राज पाठक , नेपाली काङ्ग्रेस दोलखाका नेता एवम् वडा अध्यक्ष राम प्रसाद मैनाली लगायतको सहभागिता रहेको थियो ।
जेष्ठ नागरिक सम्मानित
Posted By: दीक्षण दैनिक २२ आश्विन २०८१, मंगलवार १२:००
२ माघ २०८१, बुधबार १८:३२
दोलखामा भोलिदेखिअन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिता हुने
२ माघ २०८१, बुधबार १९:४४
पूर्वाधार कार्यालय दोलखाद्वारा चालु आर्थिक बर्ष १ सय ३७ वटा पूर्वाधारका आयोजना सञ्चालनमा
२ माघ २०८१, बुधबार १९:२१
२०८१ माघ २ गतेको क्लिक गरेर Epaper पढ्नु होस
३ माघ २०८१, बिहीबार ११:३९
Be the first to comment on "जेष्ठ नागरिक सम्मानित"