तन्नेरीका व्यथा

ताजा समाचारको लागि फलो गर्नुहोस ।

ईश्वर दहाल

तन्नेरी भन्नाले जुनसुकै उमेर समुहको पनि जोस जागर र क्रियाशीलताले पुर्ण हुनुलाई जनाउ छ । सामान्यतया युवालाई तन्नेरी भन्ने गरिन्छ यी शब्दले उस्तै उस्तै अर्थ दिन खोजेता पनि भिन्नता पाइन्छ। युवा भन्नाले उमेर समुहको सिमितता तोकिएको भयपनि तन्नेरी को कुनै पनि उमेरमा बिभाजन गरिदैन यो त ब्यक्ति को क्रियाशीलता सिर्जनात्मक क्षमता भर पर्छ । बृद्धअबश्था को मानिसमा पनि सकारात्मक सोच केही गर्ने आट र हिम्मत छ भने त्यो उमेरमा बृद्ध भयतापनि सोचाइमा तन्नेरी देखिन्छ । अहिले जतिपनि युवा पुस्ताको सोचाइ नेपालमा केही गर्न सकिन्न वातावरण नै लगानी मैत्रीपूर्ण छैन भन्ने जनगुनासो सुनिन्छ यसले हाम्रो सोचाइमा नै गलत प्रभाव परिरहेको छ । जब सोचाइ नै सकारात्मक विकास हुदैन तबसम्म हाम्रो विकास र तन्नेरीपनाको ह्रास भइरहन्छ। यसले आफुलाइ मात्रै हैन परिवार समाजलाइ नै क्षति पुर्याछ त्यसैले कुन कारणले के बाट र सफलताको बाधक के हो भन्ने जबसम्म हामी पहिचान गर्न सक्दैनौं तबसम्म समस्याको जालोले बेरिनु भन्दा बाहेक केही उपाय रहदैन । अहिले १७/१८ वर्षको उमेरमा नै खाडि मुलुकमा पसिनाले ज्यान निथ्रुक्क पार्ने हाम्रो युवा पुस्ता यहाँ गाउँमा गाई भैसिको भकारो सोर्न लाज मान्छ यसको मुल कारण भनेकै हामीले लियको शिक्षा कति प्रभावकारी र जिवनउपयोगि बन्न सक्यो र कतातिर प्रयोगमा ल्याउन सकिन्छ भन्ने नै हो । यहाँ शैक्षिक योग्यताको मुल्यांकन नोकरी र जागिर हुने भएकाले नै हाम्रो मानसिकता नै जागिर पाए खाँने नत्र राहदानीमा आफ्नो मौलिकता क्षमता बेच्न वैदेशिक रोजगारी मा हिड्ने प्रथाको जबसम्म अन्तय हुदैन तबसम्म युवाको खाँडिकै बालुवामा पसिना सिञ्चित भैरहन्छ । यो देशको रेमिट्यान्स त केही समय भित्रियला तर दिर्घकालिन रुपमा यसले समस्या निमत्याउछ । युवाको जोस जागँर र क्रियाशीलता र सिर्जनात्मक क्षमताको उपयोग उपयुुक्त रुपमा आफ्नो देशमा नहुदा देशको विकास र समृद्धि हुन सक्दैन । देशमा जब परिवर्तन को आवश्यकता पर्छ यसको भरउपयोग चाहि युवालाई गर्ने तर रोजगारी सीप क्षमताको विकास नगर्ने हो भने काधमा जिम्मेवारी र मन गाँठो पारि राहदानी हातमा थमाइ खाडिमा पसिनाले भिज्ननु सिवाय केही हुदैन । देशमा विकासको ढोका खोल्नका लागि राज्यले कलकारखाना उधोग धन्दा र लगानिमैत्रि वातावरण को सिर्जना गर्नुपर्ने हुन्छ । हामीलाई आफ्नो जन्मेको गाउँमै रहेर केही गर्ने उधमशिलताको सोचाइ रहदैन तबसम्म सिरानीमा शैक्षिक योग्यताको प्रमाणपत्र राखि देश वा बिदेशमा भौतारिनुको बिकल्प रहदैन । स्थानीय स्रोत र साधनको भरपुर उपयोग गरि युवालाई नेपालमै केही गर्न सकिन्छ भन्ने सन्देश चारैतिर सर्वत्र रुपमा पुर्‍याउनु पर्छ यसले केही गर्ने हौसला आट र हिम्मत प्रदान गर्छ । युवालाई नै के गर्न सकिन्छ र कसरी गर्ने भन्ने कुराको राज्यले नै योजनाहरु निर्माण गरि उनिहरुलाइ उत्पादनमा जोड दिनुपर्ने हुन्छ यसले आफ्नो गाउँमै परिवारलाई रेखदेख गरि आर्थिक रुपमा सबल बनाउन सकिन्छ । ग्रामीण विकास र समृद्धि को बाटो समात्न सकिन्छ । आफ्नो घरखेत बन्दगि राखेर साहु माझँनको श्रृणमा र सहकारीको चर्को ब्याजदरमा जवानी र जागँर बेच्नुको पिडा पनि छुट्टै छ कतिपयले अर्काको लहैलहैमा लागेर तथा आधा जीवन शिक्षामा खर्चिदा समेत उचित खालको रोजगारी नपाउँदा कहि टेक्ने न समाउने ठाउ पायको हाम्रो पुस्तालाई हामीले कहिल्यै पनि उधमशिलता र परिश्रमको पाठ सिकायनौ पढ्नेहरूले जागिरको नै जोहो गर्नुपर्ने नत्र यसको अर्थ नै नरहने मानसिकताको जब सम्म अन्तय हुदैन तब सम्म युवा शकति बाहिरिएका बाहिरै हुन्छ यसले गाउँमा मर्दा मलामि र जिउँदो मा जन्ती नपाएको समस्या रहिरहन्छ । यसर्थ अबको युगको युगान्तकारी परिवर्तन तन्नेरी युवा बाट नै सम्भव छ । नयाँ नयाँ प्रविधिको खोजि गरि नेपाल को कुनै समय कृषिको निर्यात भएको मा अहिले हामीलाई चाहिने जति खादन्न उत्पादन हुन सकेको छैन यानकि दैनिक भान्सामा उपयोग हुने दाल, चामल घ्यु तेल बेसार जस्ता चिजहरु हामी बाहि बाट आयात गरिरहेका छौँ । यसबाट पनि थाहा हुन्छ कि हामी कतिसम्म परनिर्भर छौ छिमेकीको बाटो बन्द हुदा हामीलाई भोकभोकै पेट मिचेर बस्नुपर्छ । अरुले दिएको मा चित्त बुझाएर बस्ने बानीले नपाएको मा कुनै गुनासो गर्नुको अर्थ रहदैन त्यसैले अबको युग भनेको उत्पादन प्रसोधन र प्रयोग को हो । हाम्रो उत्पादनमा हामीले गर्वका साथ अन्य देशमा बिक्री गर्नका लागि युवालाई आकर्षण र लगानीमा प्रयोग गर्दा अहिले बाझिएको जमिनमा परिश्रमका फलहरु लाग्छन् । देशमा नै सम्भावनालाई खोजि गरि विदेशमा रहेका समपुर्ण नेपालीलाइ आफ्नो गाउँ आफै बनाउन सक्छन् । देशमा नै लगानीको वातावरण सिर्जना हुदाहुदै कोहि पनि तन्नेरी तथा युवा पुस्ता बिर्केसमा सपनाको चाङ्ग लगाएर आफ्नो जन्मभुमि छोड्न बाध्य रहदैन

Shares

Dikshan Online TV

Be the first to comment on "तन्नेरीका व्यथा"

Leave a comment

Your email address will not be published.

*