तामाकोसी गाउँपालिकामा बाँदर नियन्त्रण गर्न २ लाख विनियोजन

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार ÷चरिकोट, – दोलखाको तामाकोसी गाउँपालिकाले बाँदर नियन्त्रण गर्न नयाँ आर्थिक वर्ष २०७९÷०८० का लागि दुई लाख रुपैयाँ विनियोजन गरेको छ । अँफ्नै बासस्थान जंगलमै रहनुपर्ने बाँदरका हुल गाउँबस्तीमा छिरेर दुख दिन थालेपछि सोको नियन्त्रण गरी किसानलाई दुख हैरानीबाट मुक्त गराउने योजनालाई कार्यान्वयनका लागि बजेट विनियोजन गरिएको हो । नयाँ आवमा पालिकाले कृषिमा आधुनिकीकरण र व्यावसायिकरणका लागि विभिन्न योजना तथा कार्यक्रम सञ्चालन गर्दै छ । उक्त योजना अन्तर्गत किसानको प्रमुख समस्या र चुनौतीको रुपमा रहेको बाँदरलाई नियन्त्रण गर्न रकम विनियोजन गरिएको गाउँपालिकाका उपाध्यक्ष सृजना खड्का सुवेदीले बताउनुभयो ।
बाँदर नियन्त्रणका लागि अहिले सम्म भएका प्रयासहरू सफल भएको छैन । केही समयका लागि बाँदर नियन्त्रण भएपनि दिगो रुपमा हुन नसकेको अवस्था हो । अब भने वैज्ञानिक उपायको अवलम्बन गरी बाँदर नियन्त्रण तथा व्यवस्थापन हुने उहाँले बताउनुभयो । बाँदरका हुल दिनहुँ खेतबारीमा छिरेर अन्नबालीमा क्षति गर्ने हुँदा किसानहरू दुखित हुने गरेका छन् ।
किसानको दुखमा पनि साथ रहेको महसुस गराउन नयाँ स्थानीय सरकारले विभिन्न योजना बनाएका छन् । किसानहरू बाँदर नियन्त्रण भएर हैरानीबाट मुक्त हुने तीव्र अपेक्षामा रहेका छन् ।

Shares

Dikshan Online TV

Be the first to comment on "तामाकोसी गाउँपालिकामा बाँदर नियन्त्रण गर्न २ लाख विनियोजन"

Leave a comment

Your email address will not be published.


*