त्यो दिन

जानुका न्यौपाने

हाम्रा आशाहरु निभ्नु अघि नै !
हाम्रा ती आवाजले ठाउँ पाउनेछन्
हातेमालो गर्दै निर्णायक स्थानमा
विशिष्टिकृत गर्दै योजना तय हुनेछन्
रुमलिँदै गरेका, पछाडि पारिएकाहरुको
सहभागिताका लागि
हो, त्यो दिन आउँनेछ
जुन बेला हामी सडकमा किनारा लगाइएका छौं
कुनै सस्तो पोलिथिन बनाइएर फालिएका छौं
एउटै मञ्चमा तल र माथि बनाई हेरिएकाछौं
त्यो दिन,
हामी सही निर्णय गरिरहेका हुनेछौं
सबै त्यो उचाई पार गरेर
मञ्चको एउटै उचाईमा
मिल्नेछौं हामी सूक्ष्म अणु,
त्यो मञ्चको उचाईले
अझ बढी उत्सर्जित हुँदै
निरन्तर बढ्दो विभेदलाई
चिरेर सही निर्णय निकाल्नेछौं
अनि मञ्चमा उभिएर
एउटा सहभागिमूलक निर्णय सुनाउँनेछौं ।

हाम्रो निर्णय भण्डारको पानामा
गडिलो अनि सुनौलो अक्षरले
तेज प्रकाश छर्ने गरी उज्यालो भरेर
निर्णायक बन्नेछौं वर्तमानको ज्योती पुञ्ज बनेर
हो, त्यो दिन,
विभेद अनि अत्याचारको अन्त्य भएको हुनेछ
मञ्चको अगाडि होैसला भरिएको हुनेछ
हलभित्र छिरेर हामी सबै सँधै सँगै
सही निर्णय सुनिरहेका हुनेछौं
रमाइलो मानिरहेका हुनेछौं ।
वर्तमानको उर्लिँदो र उम्लिँदो
घोर प्रतिवाद जुलुसबाट
मुट्ठी उठाउँदै थर्किँदो आवाजमा
रमाइरहेका हुनेछौं ।

हो, अवश्य आउनेछ त्यो दिन,
हामी नीति निर्माणतिर लागिरहेका हुनछौं
साथीसित कस्सिलो हात मिलाइरहेका हुनेछौं
एक अर्काको अँगालोमा बाँधिएका हुनेछौं
एक अर्कासित केही आत्मीय निर्णय सुनाउँदै
हामी गौरवका साथ एकजुट भइरहेका हुनछौं ।
अनि साथमा साथ दिइरहेका हुनेछौं
जोसले कराइराखेका हुनेछौं ।

तर, अहिलेलाई चाहिँ
भ्रम र यर्थाथको दोसाँधमा झुण्डिएको
अप्रत्यासित भेटघाटमा रमाउँदै बसौं
तर…….!
यतिन्जेल हामीले पर्खिराखेको त्यो दिन पनि
कतै भू–कम्प मात्र भएर आउने पो हो कि !
अनि हामी ज्वारभाटाका उठाइ र
बसाईमा पुगिसकेका हुनेछौं
अहिलेको यो दृष्यबाट
पक्कै त्यो दिन आउँनेछ
शंका ………मात्र……शंका..बनोस् ।
यो मेरो आशा अनि भरोसा ।

Shares

Dikshan Online TV

Be the first to comment on "त्यो दिन"

Leave a comment

Your email address will not be published.


*