दोलखाका पाँच स्थानीय तहमा नमूना मतदान

ताजा समाचारको लागि फलो गर्नुहोस ।

ईश्वर बिश्वकर्मा चरिकोट, ःमंसिर ४ को संसदीय निर्वाचनका लागि दक्ष मतदाता तयार गर्न दोलखाको पाँच स्थानीय तहमा नमूना मतदान कार्यक्रम सम्पन्न गरिएको छ । जिल्ला निर्वाचन कार्यालय दोलखाद्वारा सो कार्यक्रम सम्पन्न गरेको हो । जिल्लाका कालिञ्चोक, विगु, गौरीशंकर, बैतेश्वर र मेलुङ गाउँपालिकामानमूना मतदान कार्यक्रम सम्पन्न गरिएको जिल्ला निर्वाचन कार्यालय दोलखाले जानकारी दिएको छ । जिल्ला निर्वाचन अधिकारी शकुन्तला राईले मतदातालाई दक्ष बनाई निर्वाचन प्रक्रियामा सहभागी गराउन र खसालिएको मत सशप्रतिशत सदर होस्, भन्ने उद्धेश्यले नमुना मतदान कार्यक्रमको अयोजना गरिएको बताउनु भयो । “पाँच स्थानीइ तहमा नमूना मतदान कार्यक्रम सकिएको छ । बाँकी सबै चार पालिकामा २८ गते भित्र यो कार्यक्रम सम्पन्न हुने छ । यसमा सहभागी हुनेले अरुलाई पनि मतदान गर्ने तरिका सिकाउने छन् ।” उहाँले भन्नु भयो, “दक्ष मतदाता तयार पारी बदरमतको संख्या कम गर्नु यो कार्यक्रमको उद्देश्य हो ।” जिल्लाका पाँच स्थानीय तहको कार्यालयमा आयोजित कार्यक्रममा सुरक्षाकर्मी, कर्मचारी, राजनीतिकर्मी र स्थानीयको उत्साहजक सहभागिता रहेको थियो । कार्यक्रममा मतदाता नामावलीमा नाम रुजु गराउने, औँलामा मसी लगाउने, मतपत्र लिने र गोप्य स्थानमा पुगेर मनपरेकोे उम्मेदवारको चिन्हमा मत संकेत गर्ने, मतपत्र सही तरिकाले पट्याउने र बदर नहुने गरी मतपेटिकामा खसाल्ने तरिका मतदान अगावै सिकाइएको थियो । त्यसपछि लाइनमा बसेका सबैले पालैपालो सिकाइएअनुसार मतदान गरेका थिए ।
नमूना मतदानमा खसेको मत संख्या, सदर वा बदर संख्या कति हो, सोको एकीन तथ्याङ्क भने निकाल्न बाँकी नै रहेको जिल्ला निर्वाचन कार्यालय दोलखाकी प्रमुख राईले बताउनु भयो । निर्वाचनको झल्को दिएको नमूना मतदान कार्यक्रमले मतदातामा उत्साह जाग्ने निर्वाचन अधिकारी राईको विश्वास छ ।
अहिले मतदाता शिक्षा लागि जिल्लाका ७४ वटै वडामा स्वयंसेवक परिचालन गरी घरदैलो अभियान सञ्चालन भई रहेको छ । कार्तिक १८ देखि सुरु भएको सो अभियान १५ दिनपछि सम्पन्न हुने निर्वाचन कार्यालयले जनाएको छ ।

Shares

Dikshan Online TV

Be the first to comment on "दोलखाका पाँच स्थानीय तहमा नमूना मतदान"

Leave a comment

Your email address will not be published.


*