दोलखाको कालिञ्चोक गाउँपालिकामा कार बगाउँदा एक जनाको मृत्यु , २ घाइते

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट
दोलखाको कालिञ्चोक गाउँपालिका ९ स्थित सुन्द्रावती खोलाले गए राती कार बगाउँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । मृत्यु हुनेमा तामाकोसि गाउँपालिका वडा नम्वर ३ जफेका अनिश पोखरेल रहेका छन् । सोही कारमा सवार तामाकोसि गाउँपालिका ३ का ३१ वर्षिय विकज पोखरेल र चालक रामेछापको लिखु तामाकोसि गाउँपालिका २ का पवन पौडेल घाईते भएका छन् । घाईते दुबै जनाको अवस्था सामान्य रहेको र सदरमुकाम चरिकोट स्थित च्छोरोल्पा अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । सिंगटीबाट चरिकोट तर्फ आउँदै गरेको ईकोस्पोट बा १९ च ४३९० नम्वरको कार गएराती साँढे १२ बजेको समयमा सुन्द्रावती खोलाले बगाएको हो । अविरल बर्षसँगै खोला बढेकाले घट्ना भएको स्थानीयले बताएका छन् ।

Shares

Dikshan Online TV

Be the first to comment on "दोलखाको कालिञ्चोक गाउँपालिकामा कार बगाउँदा एक जनाको मृत्यु , २ घाइते"

Leave a comment

Your email address will not be published.


*