दोलखाको कालिन्चोक जाने सडक सहज,दोलखामा पर्यटकको आगमन बढ्यो

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट –दोलखाको धार्मिक तथा पर्यटकिय स्थल कालिन्चोक जाने सडक सहज भएको छ । दोलखाको कुरीका होटल व्यवसायी पहलमा सडक निर्माण मर्मत भएको हो । बर्षासँगै विगे्रको सडक व्यवसायीले पाँचलाख रुपैया उठाएर सडक निर्माणसँगै सडक सहज भएको कालिन्चोकमा व्यवसाय गर्दै आएका होटल व्यवसायी हरि ओलीले बताए । सडक निर्माणसँगै कालिन्चोकमा पर्यटकको चहलपल भएको उनको भनाई रहेको छ । दसैसँगै दोलखाको कालिन्चोकमा पर्यटकको आगमन बढेको ओलीले बताए । दोलखामा हिउँद लागेसँगै पर्यटकको आगमन बढ्ने गरेको छ । कालिन्चोकमा धार्मिक तथा अन्य पर्यटकको बर्षेनी घुँइचो लाग्ने गरेको छ । सदरमुकाम चरिकोटमा पर्यटक बढ्न थालेको चरिकोटकका होटल व्यवसायीले बताएका छन । सदरमुकाम चरिकोटमा होटल व्यवसाय गर्दै आएका होटल क्रिस्टलका संन्चालक कुमार श्रेष्ठले दशै पछि पर्यटकको संङख्या बढे्को बताए । त्यसैगरी कृति होटल देव कृष्ण थापाले दसैसँगै होटलमा पर्यटक बढेको जानकारी दिए ।

Shares

Dikshan Online TV

Be the first to comment on "दोलखाको कालिन्चोक जाने सडक सहज,दोलखामा पर्यटकको आगमन बढ्यो"

Leave a comment

Your email address will not be published.


*