चरिकोट (दीस) –दोलखाको मेलुङ गाउँपालिकाको वडा नम्बर १ सिम्टेमा आज विहान बस दुर्घटना हँुदा सात जना घाइते भएका छन् । गौरीशंकर यातयातको बा ५ ख ६५९० नम्बरको यात्रु बाहक बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक रेशम बोहोराले जानकारी दिनु भएको छ । शनिबार बिहान १७ जना यात्रु बोकेर पवटीबाट चरिकोटतर्फ आउँदै गरेको बस सडकबाट करिब १० मिटर तल खसेको प्रहरीको भनाई छ । दुर्घटना परी घाइते भएका ६ जनाको सदरमुकाम चरिकोटमा रहेको प्राथमिक स्वास्थ्य चौकीमा उपचार भईराखेको छ । पाँच जनाकाे अबस्था सामान्य रहेको छ । सो वडाका एक जनाकाे अवस्था गम्भिर रहेको बोहोराले जानकारी दिनु भयो । सोही दूर्घटनामा परी बसले हात च्यापिएकी महिला गोमा लकाईलाई स्थानीयले जेसेबीको मगाएर उद्धार गरिएको गाउँपालिकाका प्रबक्ता हिरा थोकरले जनाकारी दिनू भयो । उनलाई थप उपचारको लागि चरिकोट ल्याइएको उहाँले जानकारी दिनु भयो ।
दोलखाको मेलुङ गाउँपालिकामा बस दुर्घटना परी सात जना घाइते ,हात च्यापिएको महिलालाई निकालियो

Be the first to comment on "दोलखाको मेलुङ गाउँपालिकामा बस दुर्घटना परी सात जना घाइते ,हात च्यापिएको महिलालाई निकालियो"