चरिकोट, फागुन ९ –नेपाल प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीसहितको टोलीले शनिबार कालिन्चोक मन्दिरको भम्रण गरेको छ । थापा क्षेत्रीसहितको टोली शनिबार कालिन्चोकको कुरीमा रात बसेका थिए । आइतबार टोलीले दोलखाको शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिएको छ। बागमती प्रदेश प्रहरी अतिरिक्त महानिरीक्षक निरज शाही, प्रहरी प्रमुख प्र.ना. महानिरीक्षक वसन्त लामा र प्रहरी महानिरीक्षक थापा क्षेत्रीले चरिकोटमा आएर जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था बारे जानकारी लिएको हो । प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटीले जिल्लामा शान्ति सुरक्षा कायमै रहेको र सुरक्षा निकाय सधैँ सजक भएर शान्ति सुरक्षामा केन्द्रित भएको जानकारी दिएका थिए । प्रहरी महानिरीक्षक थापा क्षेत्री सहितको टोलीले जिल्ला सुरक्षा समतिका पदाधीकारीहरुलाई शान्ति सुरक्षामा थप सजक हुन निर्देशन दिएका थिए। टोली आइतबारै रामेछापमा जिल्ला प्रहरी कार्यालय रामेछापको नयाँ भवन उद्धघाटन लागि गएको थियाे ।
दोलखामा किन आयो प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री सहितको टोली ?

Be the first to comment on "दोलखामा किन आयो प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री सहितको टोली ?"