दोलखामा जग्गामा महिलाको स्वामित्व बढ्दै

ताजा समाचारको लागि फलो गर्नुहोस ।

ईस्वर विक
दोलखाका ग्रामिण तथा सहरी महिलाहरुको जग्गामा स्वामित्व बढ्दै गएको छ । लालपुर्जा बनाउँदा नगरमा २५ प्रतिशतर गाउँपालिकामा ३५ प्रतिशत राजस्व छुटको व्यवस्था भएकाले महिलाको नाममा जग्गाको स्वामित्व बढ्दै गएको हो ।
मालमोत कार्यालय दोलखाको तथ्याङ्क अनुसार गत २ आर्थिक वर्षमा २७ दशमलब ३१ प्रतिशत महिलाको जग्गा दर्ता भएको छ । आर्थिक वर्ष २०७४÷०७५ र २०७५÷७६ को अबधीमा कुल जग्गाधनी संख्या १ लाख ३३ हजार ८ सय ४१ मा ३६ हजार ५ सय ५१ जना महिलाको नाममा जग्गा दर्ता भएको कार्यालयले जनाएको छ । सोही अबधीमा ९ लाख ७२ हजार २ सय ९० जना पुरुषको नाममा जग्गाको लालपुर्जा बनेको छ ।
७२ दशमलब ६९ प्रतिशत पुरुषको नाममा जग्गाको स्वामित्व रहेको मालमोत कार्यालय दोलखाका सुचना अधिकारी, नायब सुब्बा हरि बहादुर खड्काले बताए । उनका अनुसार विगतका तुलनामा महिलाको नाममा नभई अधिकाँश पुरुषका नाममा लालपुर्जा बन्ने गथ्र्यो, तर पछिल्लो समयमा राजस्वमा केहि छुटले गर्दा क्रमश ः महिलाको नाममा पनि लालपुर्जा बन्न थालेको छ । चालु आर्थिक वर्षको साउनदेखि कार्तिक २० सम्मको अबधीमा करिब २ सय २५ जना महिलाको नाममा जग्गाको लालपुर्जा बनेको खड्काले बताए । साउनमा ८२ जना, भदौमा ६७ जना, असोजमा ३१ जना र कार्तिक महिनाको २० सम्ममा ४५ जना महिलाको नाममा लालपुर्जा बनेको उनले बताए ।
पछिल्लो वर्षयता जिल्लामा महिलाको नाममा लालपुर्जा बन्नुका साथै संयुक्त लालपुर्जा बनाउने पनि क्रमश ः बढ्दै गएको खड्काले बताए ।
भीमेश्वर नगरपालिका वडा नम्बर ३ की सीता खड्काकाले राजस्वमा विषेश छुटका कारण श्रीमान् श्रीमतिको सहमतिमै जग्गा किन्दा आफ्नै नाममा लालपुर्जा बनाएको बताइन् । त्यसैगरि जफेकी लक्ष्मी तमाङले पनि विषेश छुट भएकै कारणले गर्दा जग्गाको लालपुर्जा आफ्नो नाममा दर्ता गरेको बताइन् ।
आवाज नेपाल दोलखाकी अध्यक्ष तथा महिला अधिकार कर्मी सिर्जना कार्कीले भनिन् “ पहिलाको तुलनामा हेर्ने भो भने महिलाको स्वामित्वमा जग्गा दर्ता गर्ने मानिस बढ्दै गएका छन् । तर छोरीको नाममा भन्दा बुहारीको नाममा लालपुर्जा बनेको देखिन्छ । राजस्वमा विषेश छुटको कारणले गर्दा मात्रै महिलाको नाममा जग्गा दर्ता भएको छ । अधिकार समान भएको भने होइन । तर विगतको तुलनामा दोलखामा केहीमात्रमा महिला सशक्तिकरण भएको छ ।”

Shares

Dikshan Online TV

Be the first to comment on "दोलखामा जग्गामा महिलाको स्वामित्व बढ्दै"

Leave a comment

Your email address will not be published.


*