दोलखामा “साउन महिनाको उत्कृष्ट प्रहरी” घोषणा

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार
चरिकोट, भदौ १२
इलाका प्रहरी कार्यालय सिङ्गटीमा कार्यरत प्रहरी सहायक हवल्दार पुरुषोत्तम थापा “साउन महिनाको उत्कृष्ट प्रहरी” घोषित हुनुभएको छ । आफ्नो जिम्मेवारी इमानदार, कर्तव्यनिष्ट एवं प्रसंशनीय ढंगबाट निर्वाह गर्दै विभिन्न कार्य प्रभावकारी ढंगले सम्पादन तथा सम्पन्न गरेको भन्दै प्र.स.ह थापालाई जिल्ला प्रहरी कार्यालयले जिल्लामा उत्कृष्ट घोषणा गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक गङ्गा प्रसाद पौडेलले प्र.स.ह थापाद्वारा सम्पादित कार्यको उच्च मल्याङ्कन गर्दै सोको निरन्तरताका साथै अन्य प्रहरी कर्मचारीहरू समेतलाई प्रोत्साहित गर्न महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यविधि, २०७९ अनुसार  प्र.स.ह थापालाई “साउन महिनाको उत्कृष्ट प्रहरी” घोषणा गरिएको बताउनुभयो ।

प्रहरी टोलीसहित प्र.स.ह थापाले प्राकृतिक विपद् जोखिम न्यूनीकरण र उद्धारको कार्य, बलात्कारमा संलग्नलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन इमान्दारपूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्नुभएको थियो । यस्तै तामाकोसी नदी किनारबाट अवैद्य हुन सक्ने नदी जन्य पदार्थ उत्खनन कार्यलाई नियन्त्रण गर्नको लागि नियमित रुपमा खटिई उत्खनन कार्य हुन दिनुभएको थिएन ।

जिल्ला प्रहरी कार्यालयले प्रत्येक महिना कार्य उत्कृष्टताको आधारमा आफ्नो मातहतका इकाईमा कार्यरत प्रहरीलाई उत्कृष्ट घोषणा गर्ने गरेको छ । जसले प्रहरी कर्मचारीको मनोबल उच्च हुनुका साथै उत्कृष्ट कार्य गर्न प्रोत्साहन मिल्ने गरेको प्रहरीहरू बताउँछन् ।

Shares

Dikshan Online TV

Be the first to comment on "दोलखामा “साउन महिनाको उत्कृष्ट प्रहरी” घोषणा"

Leave a comment

Your email address will not be published.


*