दोलखा उद्योग बाणिज्य संघ सिंगटी शाखामा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकाेट,  । दोलखा उद्योग बाणिज्य संघ सिंगटी शाखामा एक दिने अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ।कार्यक्रम सिंगटी शाखाका अध्यक्ष उमेश श्रेष्ठकाे अध्यक्षता र दोलखा उद्योग बाणिज्य संघ दोलखाका अध्यक्ष सुन्दर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रममा बिगु गाउँपालिका प्रमुख युदिष्टिर खड्का ,गैरीसंकर गाउँपालिका प्रमुख स्वयम ब खडका ,कालिन्चोक गाउँपालिक प्रमुख बिन कुमार थामी, घरेलु बिकास समिति दोलखाका प्रमुख नारायण कोइराला, कालिन्चोक गाउँपालिक वडा नं ३का वडा अध्यक्ष निशान बुढाथोकी ,बिगु गाउँपालिका वडा नं ४का अध्यक्ष बुक्तम तामाङ, बैक तथा सहकारी संस्थाका प्रतिनिधि स्थानीय संघ संस्थाका प्रतिनिधि उद्योगी ब्यबसायी एवं बजारबासीहरू सहभागी थिए।

कार्यक्रममा बजार ब्यबस्थापन ,खानेपानी ,ढल फोहोरमैला ,सिक्षा, स्वास्थ्य ,नक्सा पास साथै स्थानिय एंव ब्यबसायिक कर सम्बन्धि छलफल भएको थियो ।

कार्यक्रममा घरेलु बिकास समिति दोलखाका प्रमुख नारायण कोइरालाले सिंगटीमा ब्यबसाय दर्ता गर्ने सिबिर संचालन गर्ने बताए ।

गाउँपालिका प्रमुखहरुले समृद्ध सिंगटी बनाउन र लगानी मैत्री सिंगटी बनाउन अाफुहरू लागि पर्ने बताए।

कार्यक्रमका प्रमुख अतिथि उद्योग बाणिज्य संघका अध्यक्ष कार्कीले ब्यबसाय मात्र होइन सामजिक बिषयहरूमा वहस पैरबी गर्ने बताउदै बैक तथा बित्तीय संस्थाका बढदो व्याजदरको कारण ब्यबसाय संचालनमा असहज भएको प्रति ध्यानाकर्षण भएको बताए। त्यसैगरी स्थानीय सरकारले स्थानीय बजारमा सामान खरिद गरनुपर्नेमा पनि उनले जोड दिए ।

शाखाले २०७५/११/१८ गते घरेलु दर्ता तथा पान दर्ता को लागी १दिने सिबिर संचालन गर्दैछ।

Shares

Dikshan Online TV

Be the first to comment on "दोलखा उद्योग बाणिज्य संघ सिंगटी शाखामा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न"

Leave a comment

Your email address will not be published.


*